निर्मल एसपी मगर
लायन्स क्लब अफ देवदहको आयोजना केन्द्रिय सरकारको पन्ध्र लाख बजेट र स्थानियको सहयोगमा देवदह नगरपालिका पाच स्थित बैकुण्ठ नगरमा सुबिधा सम्पन्न आअखा हस्पिटल बन्ने भएको छ ! आखा हस्पिटल शिलन्यास कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद छबिलाल बिश्वकर्माले लायन्स क्लबले बिगतमा पनि सामाजिक कार्यहरु गर्दै आएको र अहिले आखा हस्पिटल बनाउन लागिरहेकोले हस्पिटल निर्माण
पछि देवदह बासीलाई उपचारमा सहज हुने बताउनु भएको छ !
देवदह नगरपालिका पाच अन्तर्गत बैकुण्ठ नगरमा सात कठ्ठा जग्गामा उक्त हस्पिटल बन्न लागिरहेको छ !
कार्यक्रममा प्रदेश सांसदहरु दधिराम न्यौपाने र डा कृष्ण न्यौपानेले बोल्दै हस्पिटल निर्माण कार्यमा आफुहरुले सक्दो सहायोग गर्ने बताउनु भएको थियो !त्यस्तै देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले नगरपालिकाले हस्पिटल निर्माणमा सहयोग गर्ने बताउनु भएको छ !
कार्यक्रम लायन्स क्लब अफ देवदहका अधक्ष्य बिद्या लक्ष्मी गुरुङको अधक्ष्यता ,प्रतिनिधि सभा सांसद छबिलाल बिश्वकर्माको प्रमुख आथित्यता,प्रदेश सांसदहरु दधिराम न्यौपाने र डा कृष्ण न्यौपाने देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीको बिशिस्ट आतिथ्यता ,बिनोद थापा मगरको स्वागत र राम बहादुर गुरुङको संचालनमा सम्पन्न भएको थियो !

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij