पौष
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योग बन्द भएको छ !व्यवस्थापनमा समस्या देखिएपछि उद्योग बन्द गरिएको हो ।
चीन सरकारको सहयोगमा ०४६ माघबाट उद्योग संचालनमा आएपछि यस क्षेत्रमा उखु खेतीले व्यवसायिक रुपमा फड्को मरेको थियो ।
चिनीको मूल्य समायोजन नभएको ,उखु प्रशस्त मात्रामा उपलब्ध नभएको भन्दै गत बर्षनै कारखाना बन्द हुने अवस्थामा पुगेको थियो ।
संचालक मनिष अग्रवालको निधन गत बर्ष भएको थियो !०६२ माघ देखि सरकारले निजीकिरण गरेर उद्योग अग्रवाललाइ हस्तान्तरण गरेको थियो !४६ बिघा जमिन र कारखाना पुर्बाधारसहित २५ बर्षको लागि ४२ करोड १२ लाख रुपैयामा अग्रवाललाइ दिएको कारखानाका
प्रबन्धक कुस सुबेदीले बताए !यो सिजन बाट उद्योग संचालनमा आउदैन ,उनले भने ,प्राबिधिक रुपमा पनि मर्मत गर्नुपर्ने र व्यवस्थापकीय
पक्षले पनि नचलाउने निर्णय गरेकाले कारखाना बन्द भएको हो !

यस कारखानाले उखु खरिदबापत गत सिजनको ७ करोड रुपैया किसानलाई भुक्तानी दिन बाकि छ !अहिले उद्योग बन्द भएपछि बाकि
रकम भुक्तानी नपाउने चिन्तामा किसन परेका छन् !तत्काल बाकि रकम भुक्तानीको बाताबरण मिलाउन उनीहरुले जिल्ला प्रशासनसंग आग्रह
गरेका छन् !उखु उत्पादन किसान समिति नवलपरासीका अध्यक्ष उमेश यादबले भुक्तानीका लागि बारम्बार ताकेता गरेको भए पनि उद्योगले
अहिलेसम्म रकम नदिएको बताए !चिनीको मूल्य कम भएको ,बिक्रि नभएको बहाना बनाएर उद्योगले किसानको रकम रोकेको थियो ,उनले भने ,अब उद्योग नचलेपछि बाकि रकम भुक्तानीमा अन्योल देखियो !प्रशासनले तत्काल भुक्तानीको बाताबरण मिलाएर किसानलाई न्याय दिनुपर्छ!
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij