तत्कालिन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको २०७३ पौष चार गते अज्ञात समूह द्वारा हत्या गरिएको थियो !उनै तिवारीको सम्झनामा आज बिबिध कार्यक्रम गरि तेस्रो स्मृति दिवस कार्यक्रम गरिएको छ !
रुपन्देहीको देवदह ४ का तिवारी राजनीतिमा मात्र नभएर व्यवसाय र सामाजिक काममा पनि सक्रिय थिए !तिवारीको हत्या हुनु केहि समय अघि
रुपन्देहीमा अखण्ड पाच नम्बर प्रदेशको आन्दोलन चर्किएको थियो !सोहि आन्दोलनमा उनि युवामोर्चाको अग्र भागमा रहेर आन्दोलनमा सहभागी भएका थिए !स्थानीय स्तरमा हुने हरेक कार्यक्रममा सहभागी हुने तिवारीको फिरौती लगायतको कुरामा विवाद हुदा मनोज पुन समुहले
हत्या गरेको पुस्टि भएको थियो !

हरेक बर्ष दुर्गा तिवारीको स्मृतिमा बिबिध कार्यक्रम गरि तिवारीलाई सम्झिने गरिन्छ !यो पटक पनि दुर्गा बलु स्मृति प्रतिष्ठानले तेस्रो स्मृति कार्यक्रम गरेको छ !कार्यक्रममा रक्तदान मार्फत ५० युनिट रगत संकलन भएको छ !त्यस्तै दुर्गा बलु संग सम्बन्धित स्मारिका समेत बिमोचन
गरिएको थियो !

दुर्गा बलु स्मृति प्रतिष्ठानकाअध्यक्ष सिद्दिचरण भट्टराईको अध्यक्षता ,संघिय सरकारका कृषि तथा पशुपन्छी मन्त्रि घनश्याम भुषालको प्रमुख आथित्यता,सांसद कृष्ण न्यौपाने ,भोज प्रसाद श्रेष्ठको बिशिस्ट आथित्यता ,देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री ,तिलोतामा
नगरपालिकाका मेयर बाशुदेव घिमिरे लगायतको आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो!
कार्यक्रममा सहिद दुर्गा तिवारीका दाजु चक्र पाणी तिवारी ,ओमसतिया गाउपालिकाका प्रमुख हिरा केवट ,बासुदेब रिमाल ,सिद्दि चरण भट्टराई ,नेकपा जिल्ला सदस्य ऋषि राम सापकोटा , नेकपा जिल्ला सदस्य तथा युवा संघ केन्द्रीय सदस्य सरिता श्रीस , देवदह नगरपालिका प्रमुख हिरा केसी लगाएतले बोल्नु भएको थियो !कार्यक्रम प्रतिष्ठानका सदस्य दिपेश बिक्रम मल्लको संचालनमा सम्पन्न भएको थियो !
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij