पौष ५ देवदह ,नेपाल रेडक्रस सोसाइटी,देवदह उपशाखाको आयोजनामा रेडक्रस परिचयात्मक प्रशिक्षण एवम समुदायमा आधारित नगर स्तरिय युवा रेडक्रस सर्कल गठन गरिएको छ ।बिकास गहतराजको अध्यक्षतामा गठन गरिएको युवा रेडक्रस सर्कलको उपाध्यक्षमा एलिना हमाल,सचिवमा अर्जुन गैरे सहसचिवमा सुनिल गिरि ,कोषाध्यक्षमा बिश्वास गुरुङ र सहकोषाध्यक्षमा हरिनारायण काहांरलाइ चयन गरिएको छ ! त्यस्तै सदस्यहरुमा सुरेश लामा ,सरोज लुइँटेल,सागर गुरुङ,दीक्षा गैरे, प्रबिन गौडेल सहित ११ सदस्यीय समिति गठन गरिएको छ !

त्यस्तै विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ !जस अन्तर्गत सामाजिक संघ संस्था समन्वय उपसमितिमा संयोजकमा नवीन गैरे,बिपत्त ब्यस्थापन उपसमिति संयोजकमा केशव न्यौपाने,रक्तदान उत्प्रेरणा तथा व्यवस्थापन उपसमिति संयोजकमा अर्जुन गुरुङ,महिला सशक्तीकरण उपसमिति संयोजकमा कविता न्यौपाने,आर्थिक श्रोत सङ्कलन तथा व्यवस्थापन उपसमिति संयोजकमा सन्दीप तिवारीलाइ चयन गरिएको छ !

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij