नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा र युवा रेडक्रस सर्कलद्वारा आगलागी पिडितलाइ राहत वितरण !
नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा र युवा रेडक्रस सर्कलद्वारा आगलागी पिडितलाइ राहत वितरण !
4.1K
SHARES
पौष ७ ,देवदह ,नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा र युवा रेडक्रस सर्कल देवदहले रुपन्देहीको देवदह ४ स्थित देबिदमारका आगलागी पिडित रामचन्द्र खड्काको परिवारलाई राहत सामग्री वितरण गरेको छ !नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका सभापति कृष्ण न्यौपाने देबदह नगरपालिका वाड न ४ का वडा अध्यक्ष दिपक चापागाईं युवा रेडक्रस सर्कल देवदहका संयोजक बिकास गहतराज लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो !
पिडितको दुखमा केहि हदसम्म सहभागी हुने उद्देश्यले सक्दो सहयोग गरिएको युवा रेडक्रस सर्कल देवदहका सचिब अर्जुन गैरेले जानकरी दिनुभएको छ! राहत सामग्री अन्तर्गत त्रिपाल, लत्ताकपडा तथा खाद्यान्न सामग्री लगायत सहयोग गरिएको उहाले बताउनु भयो ! देवदह ४ देबिदमार निवासी रामचन्द्र खड्काको घरमा गत शुक्रबार आगालागी भएको थियो !आगलागी बाट करिब दुइ लाख पचास हजार बराबर क्षेति भएको थियो !