सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देशभरका सबै स्थानीय तहको सर्भर,‘ह्याक’ लेखा प्रणाली नस्ट , (सिआइबी)द्वारा अनुसन्धान सुरु

देशभरका सबै स्थानीय तहको सर्भर,‘ह्याक’ लेखा प्रणाली नस्ट , (सिआइबी)द्वारा अनुसन्धान सुरु

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    देशभरका सबै स्थानीय तहको सर्भर,‘ह्याक’ लेखा प्रणाली नस्ट , (सिआइबी)द्वारा अनुसन्धान सुरु
    images
    images
    images

    पुस ९, २०७६ काठमाडौं : देभरकै स्थानीय तहको लेखा प्रणाली व्यवस्थित गर्न सर्भर सूत्र लामो समयदेखि ‘बिग्रिएको’ छ। सम्बद्ध अधिकारीहरूले यसलाई ‘ह्याक’ भएको भनिरहेका छन्। यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन्। महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सूत्र’ को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा)ले २०७५/७६ बाट स्थानीय तथा प्रदेश सररकाको सञ्चित कोष व्यवस्थापन गर्न सूत्र कार्यान्वयनमा ल्याएको थियो। महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा निरीक्षक निरज केसीका अनुसार बिहीबार रातिदेखि सर्भर ह्याक भएको छ। केही स्थानीय तहले भने मंसिर दोस्रो सातादेखि बिग्रिएको जानकारी दिएका छन्।

    २०७६ वैशाख २३ गते मन्त्रिपरिषद् बैठकले सबै स्थानीय तहमा सूत्र लागू गर्ने निर्णय गरेको थियो। ‘सूत्र’ले काम नगरेको जानकारी सबै स्थानीय तह र प्रदेश सरकारलाई गराइसकिएको उपमहालेखा निरीक्षक केसीले बताए। ‘अघिल्लो वर्ष साउनयताका सबै सिस्टम कोल्याप्स भयो। हामीले मंसिरसम्मको डाटा सर्भर बाहिर निकालेर राखेका थियौं। झन्डै एक महिनाको डाटा सबै नष्ट भयो,’ उनले भने। महालेखा नियन्त्रक गोपीनाथ मैनालीले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्र लेखेर जानकारी गराइसकिएको बताए। सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले ‘सूत्र ह्याक’बारे अनुसन्धान भइरहेको बताए।

    images
    images
    images

    Capture.PNG

    images
    images
    • बुधवार, पौष ९ २०७६०२:०६:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij