सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

शुक्लाफाँटामा ८४बर्षमा अस्ताइन् ‘रतनकली’

शुक्लाफाँटामा ८४बर्षमा अस्ताइन् ‘रतनकली’

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    शुक्लाफाँटामा ८४बर्षमा अस्ताइन् ‘रतनकली’
    images
    images
    images

    पौष १२ कञ्चनपुर । वि.सं. २०३५ मा यहाँ ल्याइएको हात्ती ‘रतनकली’ को बिहीबार राति मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको चराउन निकुञ्ज लगेका बेला मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए ।

    ‘हात्तीसारका कर्मचारीले बिहीबार रतनकलीलाई चराउन छेउमै लगेका थिए,’ प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, ‘चर्दाचर्दै हात्ती बस्यो, हात्तीसार ल्याउन नसकेपछि कर्मचारीले राति पहरा दिँदै गर्दा निधन भयो ।’
    रतनकलीलाई ४१ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा ल्याइएको थियो ।
    ‘बिरामी नभए पनि बूढेसकाल लागेकै कारण मृत्यु भएको हो’, उनले भने, ‘विधिप्रक्रिया अनुसार शुक्रबार अन्त्येष्टि गरियो ।’
    हात्तीको औसत आयु ७० देखि ८० वर्ष हुने गर्छ । रतनकलीको अन्येष्टिमा शुक्रबार निकुञ्ज प्रशासन, स्थानीय वडा कार्यालय, मध्यवर्ती, सेना र हात्तीसारका कर्मचारी सहभागी रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

    images
    images
    images

    निकुञ्जमा दश वटा हात्तीको दरबन्दी रहे पनि सात वटा मात्रै थिए । प्रमुख संरक्षण अधिकृत ढकालले निकुञ्जको गस्ती, पर्यावरणका लागि अझै पाँच वटा हात्ती आवश्यक रहेको बताए ।

    Capture.PNG

    images
    images
    • शनिवार, पौष १२ २०७६०१:४९:३७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij