निर्मल एसपी मगर
पौष १३ ,देवदह ,रुपन्देहीको देवदह नगरपालिकामा रहेको बिभिन्न एतिहासिक तथा पुरातात्विक स्थलहरुको इन्द्रेणी टिमले अवलोकन गरेको छ ।चर्चित कार्यक्रम इन्द्रेणी मार्फत गरिब दुखि र असाहयहरुको सहयोग गर्दै आएको इन्द्रेणी टिमले बुद्दको मावली स्थल भवानीपुर ,एसियाकै ठुलो पाकड़िको बृक्ष लगायतको अवलोकन गरेको थियो ।

चर्चित लोकदोहोरी गितक हस्तीहरु कृष्ण कडेल ,छत्र शाही ,टिका सानु लगायतको टिमले देवदहको बिभिन्न स्थलहरुको अवलोकन गरेको थियो ।देवदह नगरपालिकाका प्रमुक हिरा केसी ,उपप्रमुख बिद्या लक्ष्मी गुरुङ ,वडा नम्ब ४ का दिपक चापागाई लगायतले पनि इन्द्रेणी टिम संगै अवलोकन गरेका थिए ।
पर्यटकीय सम्भावना बोकेको देवदहलाइ विश्व सामु चिनाउन सकेको खण्डमा देवदहमा पनि पर्यटक ल्याउन सकिनेमा सरोकारवालाहरुले जोड दिएका थिए ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij