मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुटवलको नयाँ गाउँमा बन्ने भयो ,२३ करोड लगानीमा ट्रान्सपोर्ट भिलेज।

बुटवलको नयाँ गाउँमा बन्ने भयो ,२३ करोड लगानीमा ट्रान्सपोर्ट भिलेज।

images
  • 6.4K
    SHARES

  • images
    images
    images
    बुटवलको नयाँ गाउँमा बन्ने भयो ,२३ करोड लगानीमा ट्रान्सपोर्ट भिलेज।
    images
    images
    images

    पौष १३ ,बुटवल ,१३ पुस, बुटवल । बुटवलमा ढुवानी ग्राम अर्थात ट्रान्सपोर्ट भिलेज बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट)लाई एकै स्थानमा व्यवस्थित गर्ने योजना अघि बढाएको हो ।
    प्रदेशको अस्थायी मुकाम बुटवलमा जनघनत्व बढ्दै गएको र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएकाले शहरभर छरिएर रहेकाहरुलाई एकै ठाउँमा राख्न ट्रान्सपोर्ट भिलेज बनाउन लागिएको मेयर शिवराज सुवेदीले जानकारी दिए ।

    Capture.PNG

    images
    images
    images

    ट्रान्सपोर्ट भिलेज निर्माणका लागि बुटवल उपमहानगर र रुपन्देही परिवहन प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुसार यो कम्पनीले एक वर्षभित्र भिलेज बनाइसक्ने छ र १५ महिना पछि उपमहानगरपालिकालाई हस्तातरण गर्नेछ ।
    वडा नं. १२ नयाँगाउको भैरहवा भन्ने स्थान बन्ने ट्रान्सपोर्ट भिलेजमा ४९ सेड निर्माण हुनेछन् । ट्रान्सपोर्ट भिलेजको अनुमानित लागत २३ करोड २४ लाख ७९ हजार छ सय ७४ रुपैयाँ रहेको रहेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

    एउटा सेड १५५० वर्गफुट क्षेत्रफलको हुनेछ । हरेक सेडको मासिक भाडा प्रति वर्गफुट दुई रुपैयाँका दरले तीन हजार एक सय हुनेछ । बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने पनि सम्झौतामा तोकिएको छ ।

    साथै ट्रान्सपोर्ट भिलेजमा पार्किङ स्थल, व्यवसायिक भवनसहित दुई वटा होटल, मन्दिर, हेल्थपोष्ट, टायर मर्मत संम्भार पसल, प्रतिक्षालय, प्रहरी चौकी पनि हुनेछ । सम्झौताअनुसार ट्रान्सपोर्ट भिलेजका लागि पहुँचमार्ग, ढल, बिजुली, पानी, शौचालय लगायतका संरचना उपमहानगरपालिकाले बनाउनेछ ।

    Capture.PNG

     

    images
    images
    • आइतवार, पौष १३ २०७६०३:३३:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij