सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

कर्मचारीको लापरबाही ,अनुगमन गर्दा भेटियो ४८७ क्वीन्टल कुहिएको बासमती चामल ।

कर्मचारीको लापरबाही ,अनुगमन गर्दा भेटियो ४८७ क्वीन्टल कुहिएको बासमती चामल ।

images
  • 999
    SHARES

  • images
    images
    images
    कर्मचारीको लापरबाही ,अनुगमन गर्दा भेटियो ४८७ क्वीन्टल कुहिएको बासमती चामल ।
    images
    images
    images

    पौष १३ काठमाडौँ , काठमाडौँ ,खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साविकको नेपाल खाद्य संस्थान)मा ४८७ क्वीन्टल कुहिएको बासमती चामल भेटिएको छ ।

    संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता अधिकारकर्मीसहित आइतबार थापाथलीस्थित गोदाममा अनुगमन गर्दा कुहिएको बास्मती चामल फेला परेको हो ।

    images
    images
    images

    गोदाममा चार वर्ष पुरानो र उपभोग्य मिति नभएको चामलसमेत भेटिएको छ । जापान सरकारले अनुदानमा दिएको टाइचिन चामलमा उत्पादन मिति लेखिए पनि उपभोग्य मिति नभएको पाइएको छ । सिमीको दालमा लेबल भेटिएन भने बास्मती चामलमा हातले लेखिएको लेबल भेटिएको छ ।

    अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति विमल श्रीवास्तवसहित ४ जना सांसद, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र उपभोक्ता अधिकारकर्मीहरु सहभागी छन् ।

    Capture.PNG

    images
    images
    • आइतवार, पौष १३ २०७६०३:५६:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij