पौष १४ ,देवदह ,रुपन्देको देवदहमा रहेको निर्माण बहुउद्दिश्य सस्थाले सहकारी सम्बन्धि व्यावसयिक अभिमुखीकरण तथा कानुनी परामर्श सम्बन्धि एकदिने तालिम सम्पन्न गरेको छ ।संचालक समिती,लेखा सुपरिबेक्षण समिती, बिभिन्न उप समिती तथा कर्मचारिहरुका लगि प्रदान गरिएको तालिममा अधिभक्ता डिल्लीराज चापागाई तथा लुम्बिनी बिशिस्टिकृत सहकारी संघका अध्यक्ष डा। खगराज शर्माले सहजीकरण गर्नु भएको थियो ।

दिगो बिकाश लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नारा सहित संचालन भैरहेको सहकारीले ,सहकारी संचालन गर्दा चाहिने मापदण्ड ,संचालन गर्दा आउने चुनौतिहरुको बिषयमा छलफल भएको निर्माण बहुउद्दिश्य सस्थाका अधक्ष्य मोतीलाल ढकाल कृष्णले जानकारी दिनुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij