सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

अपराधको पर्यवाची बनेको देवदह ,बिस्तारै लयमा फर्किदै ।

अपराधको पर्यवाची बनेको देवदह ,बिस्तारै लयमा फर्किदै ।

images
  • 2.4K
    SHARES

  • images
    images
    images
    अपराधको पर्यवाची बनेको देवदह ,बिस्तारै लयमा फर्किदै ।
    images
    images
    images

    निर्मल एसपी मगर।सुन्दर शान्त देवदह अपराध गर्ने थलोको रुपमा धेरै समय रहन पाएन ,तर जति बर्ष अपराध भयो , देवदहमा मात्र होइन समग्र देश देखि विदेशसम्म चर्चाको बिषय बन्न पुग्यो ।
    अपराधकै बिषयमा कुरा गर्नु पर्दा जब माओबादी जनयुद्द लगभग सकिने सकिने बेला थियो ,त्यति बेला देखि देवदहमा युवाहरु ,आफ्नो आफ्नो समूह बनाएर ठेक्का पट्टाको टेन्डर देखि लिएर देवदहमा हुने हरेक किसिमका गतिविधिमा तल्लिन थिय ।तत्कालिन युवा संघमा रहेका मनोज पुनको आफ्नै समूह थियो ।

    Arzun0039.jpg

    images
    images
    images

    २०७० ,७१ तिर आइपुग्दा पुनको समूह ठेक्का पट्टा देखि लिएर चन्दा असुलीमा सक्रिय हुदै गयो ।देवदहमा रहेका ब्यापारीहरुलाई धम्काउने ,चन्दा असुली गर्ने ,उचित रकम नपाए ज्यान मार्ने धम्कि समेत दिने उनि परिचालित टिमले गर्दै आएको थियो ।२०७३ तिर अखण्ड प्रदेश पाचको आन्दोलन चर्किरहेको थियो ।सोहि आन्दोलनमा युवा संघका तत्कालिन जिल्ला अधक्ष्य देवदहका दुर्गा तिवारी पनि सक्रिय भएर लागिरहेका थिए, तर २०७३ पौषमा आपराधिक समुहले उनको गोलि हानि हत्या गर्यो ।त्यसपछि देवदह अशान्त हुन पुग्यो ।
    अपराधिक गतिबिधि बढ्दै गयो ।मानिस हरु देवदहमा आउँ मात्र होइन देवदहका मान्छे हो भनेर भन्न पनि डराउने स्थिति आयो ।देश देखि विदेश सम्म अपराध थलोको रुपमा चर्चा र परिचित हुन् थाल्यो ।

    Pakadi_Tree.jpg

    स्थानीय तहको चुनाबको माहोलममा २०७४ पुसमै फेरि अर्का व्यवसायी बलु पौडेलको गोलि हानी हत्या गरियो ।यो घटनाले पुन देवदह अशान्त हुन पुग्यो ।एक पछि अर्को अपराधिक घटना बढ्दै गएपछि केहि देवदह बाट पलायन समेत हुन पुगे ।प्रहरीले हत्याकाण्डका नाइके मनोज पुन भने पनि पक्राउ गर्न सकिरहेको थिएन।सोहि क्रममा हत्याका योजनाकार भनिएका मनोज पुन र उनका सहयोगी इन्काउन्टरमा मारिय ।
    उनका सहयोगीहरुलाई प्रहरीले पक्राउ गर्यो । त्यसपछि बिस्तारै अपराधिक घटनामा बिस्तारै कमि हुदै गयो ।
    यहाँ सम्म आइपुग्दा ,देवदह हिजोको अवस्था जस्तो छैन ,हिजो लागु औषध खादै मादक पदार्थ सेवन गर्दै होहल्ला गर्ने समुह आजकल खासै देखिदैन ,ग्यांग फाइट गर्ने समूह पनि खासै देखिदैन ।

    download.jpg

    युवाहरु सामाजिक काममा लागेका छन ,बिभिन्न सामाजिक संघ सस्थाहरु मार्फत सामाजिक कार्य गर्न तल्लिन छन् ।अब यी युवाहरुको शक्तिलाई सहि सदुपयोग गरि देवदहको बिकाश निर्माणमा लगाउनु पर्छ ।समृद्द देवदह नगर बिकाशको निम्ति युवा शक्ति एकजुट भै लाग्नुको विकल्प छैन ।

     

    images
    images
    • शुक्रवार, पौष १८ २०७६०२:५६:३७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij