पौष १९ देवदह ,रुपन्देहीको देवदह नगरपालिकामा रहेको लोकेश्वर शिब पञ्चायन मन्दिरमा मंसिर अठार गते देखि २७ गते सम्म संचालन भएको श्रीमद भागवत धनधान्याञ्चल महायज्ञको आज एक कार्यक्रम गरि आयव्याय रकम सार्बजनिक गरिएको छ ।
जेष्ठ नागरिक मिलन केन्द्र र सस्कृत पाठशाला निर्माण गर्ने उदेश्य सहित महायज्ञ संचालन गरिएको थियो ।यज्ञ अवधिभर १०६६ जनाले नगद तथा अन्य दान गर्नुभएको थियो ।
महायज्ञमा जम्मा एक करोड चालिस लाख छयासी हजार आठसय अठ्तीस हजार रकम संकलन भएको र जस मध्य सात लाख ६६ हजार छ सय ६८ पुजीगत खर्च तथा २० लाख ५२ हजार एकसय एकचालीस रुपैया कुल लागत खर्च गरि जम्मा २८ लाख १८ हजार चार सय नौ रुपैया खर्च भएको यज्ञका आर्थिक संयोजक कृष्ण भुषालले जानकारी दिनुभएको छ ।
त्यस्तै प्रोजेक्टको लागि आर्तिटेक इन्जिनेयरलाइ दीएको र निर्माण गर्ने संरचना थ्रीडी मा इन्जिनियर मार्फत उपलब्ध भएपछी मास्टर प्लान बनाएर निर्माण कार्य अगाडी बढाउने समेत भुषालले बताउनु भयो।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij