बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

भारत विश्वकपबाट बाहिरियो,न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश

भारत विश्वकपबाट बाहिरियो,न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश

images
  • 339
    SHARES

  • images
    images
    images
    भारत विश्वकपबाट बाहिरियो,न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश
    images
    images
    images

    एजेन्सी। न्युजिल्याण्डले टी–२० विश्वकपको सुपर–१२ को खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डको जीतसँगै भारतको सेमिफाइनलमा स्थान बनाउने सम्भावना समाप्त भएको छ ।  न्युजिल्याण्ड आज पराजित भएको अवस्थामा मात्र भारतको सेमिफाइनलमा पुग्ने सम्भावना बाँकी रहन्थ्यो । अब अन्तिम खेल अघि नै भारत घर फर्कने पक्का भएको छ । 

    टस जितेर पहिलो ब्याटिङ गर्दै अफगानिस्तानले ८ विकेटको क्षतिमा १२४ रन बनाएको थियो । अफगानिस्तानका लागि नजीबुल्लाह जारदानले सर्वाधिक ७३ रन बनाए । त्यस्तै गुलबदिन नइब र कप्तान मोहम्मद नबीले क्रमश: १५ र १४ रन बनाए । अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले १७ रन खर्चेर ३ विकेट लिए भने टीम साउथीले २ विकेट लिए ।

    images
    images
    images

    १ सय २५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । न्युजिल्याण्डका लागि कप्तान केन विलियमसनले सर्वाधिक ४० रन बनाए । त्यस्तै डेभन कनवेले ३६ रन बनाए । योसँगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ । न्युजिल्याण्डसँगै पाकिस्तान, इंग्ल्याण्ड र अस्ट्रेलियाले अब सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, कार्तिक २१ २०७८०७:१९:१८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij