पौष २५ देवदह,राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा टंक सुनार निर्वाचित भएका छन । बिहिबार बुटलमा भएको प्रथम जिल्ला भेलाले सुनारको नेतृत्वमा नयाँ कार्यसमिती सर्व सम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा शशी परीयार, सचिवमा सुरेश परीयार, सह–सचिवमा गोविन्द रसाइली, कोषाध्यक्षमा कृष्ण रणपाल चयन भएको निर्वाचन संयोजक गोविन्द खनालले जानकारी दिनु भयो । संघको जिल्ला सदस्यहरुमा सुरेन्द्र परीयार, तृष्णा पन्थि, सिता दर्नाल, सुदिप पहाडी, प्रमोद नेपाली, भरत नेपाली रहेका छन । संघको सल्लाहाकारहरुमा सावि विक, अम्बिका परीयार, किसन बराल, राधेश्याम बिक, विवेक बिक, अमर दिप बिक र फुलु सुनार रहनु भएको छ ।

भेलामा शुभकामना मन्तव्य राख्दै प्रदेश सांसद दिपा बिश्वकर्माले दलित समुदायको हक हितका बिषयमा कलम चलाउन आग्रह गर्नु भयो । सोही कार्यक्रमा बोल्दै संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले संघको शाखा विस्तारको काम तिव्र पारीएको बताउनु भयो । दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सञ्जाल निर्माण गर्ने उद्देश्यले संघको गठन गरीएको उहाको भनाई छ । अन्य जिल्लाले भन्दा रुपन्देहीले रचनात्मक काम गर्नेमा आफु विश्वस्त रहेको पहाडीको भनाई छ ।

सो अवशरमा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एच.वि रम्तेल, दलित अधिकारकर्मी हरी बम्रेल, मनु खड्का लगायतले बोल्दै पिछडिएका बर्गको आवाज मुखरीत गर्ने माध्यम पत्रकारीता र आम सञ्चारमाध्यम भएका कारण अब आउने पुस्तालाई यक्ष क्षेत्रमा आकर्षित गर्नु पर्ने बताउनु भयो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष सुनारले सबैलाई समेटर अघि वढ्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij