मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्रताप खवासको उत्कृष्ट प्रदर्शनमा ढोरपाटनलाई भेट्रान्स पुरुष भलिबलको उपाधि

प्रताप खवासको उत्कृष्ट प्रदर्शनमा ढोरपाटनलाई भेट्रान्स पुरुष भलिबलको उपाधि

images
  • 726
    SHARES

  • images
    images
    images
    प्रताप खवासको उत्कृष्ट प्रदर्शनमा ढोरपाटनलाई भेट्रान्स पुरुष भलिबलको उपाधि
    images
    images
    images

    काठमाडौं । प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको उपाधि ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले जितेको छ ।शनिबार भएको फाइनलमा ढोरपाटनले आयोजक गुरुङ स्पोर्ट्स हाउसलाई २५–१६,२५–२१,१५–२० ले हरायो ।

    गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा भएको प्रतियोगितामा मण्डली स्पोर्ट्स क्लबले एक नम्बर प्रदेश रातोलाई २२–२५,२५–१८,२५–१९२३–२५,१५–१० ले हराउदै तेस्रो स्थान हात पार्यो ।

    images
    images
    images

    May be an image of 8 people, people standing and outdoors

    प्रतियोगितामा ढोरपाटनका प्रताप खवास उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी, गुरुङ स्पोर्ट्स हाउसका सन्तोष श्रेष्ठ उत्कृष्ट स्पाइकर,एक नं प्रदेशका राम घताने उत्कृष्ट ब्लकर र ढोपराटनका मनबीर छन्त्याल उत्कृष्ट डिफेन्स घोषित भए ।

    यसैगरी मण्डलीका राजन गुरुङ उत्कृष्ट सर्भर तथा ढोरपाटनका  मन कुमार छन्त्याल उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडीले ५ हजार तथाअन्यविधागतउत्कृष्टले तीनहजार रुपैया पुरस्कार पाए ।

     

    ढोरपाटन भलीबल प्रशिक्षण केन्द्र नयाँबसपार्कमा भएको प्रतियोगिताको उपाधि विजेताले १ लाख ११हजार १ सय ११ रुपैया तथा उपविजयी टोलीले ६१ हजार १सय ११ रुपैया पुरस्कार पाए ।यसैगरी, तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया पुरस्कार पायो भने चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाएको छ ।

    विजेता टोली तथा खेलाडीलाई प्रमुखअतिथी राखेप सदस्य एकेन्द्र कुवँर र विशिष्ट अतिथी नेपाल भलिबल संघका कार्यबाहक अध्यक्ष यम गुरुङ लगायतले पुरस्कार प्रदान गरे ।

     

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, मंसिर १८ २०७८०९:११:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij