सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

यात्रुहरुले भैरहवा बाट बुद्ध एअरको युफोर-८१० जहाज चढ्न नमानेपछि

यात्रुहरुले भैरहवा बाट बुद्ध एअरको युफोर-८१० जहाज चढ्न नमानेपछि

images
  • 5.3K
    SHARES

  • images
    images
    images
    यात्रुहरुले भैरहवा बाट बुद्ध एअरको युफोर-८१० जहाज चढ्न नमानेपछि
    images
    images
    images

    भैरहवा। भैरहवाबाट काठमाडौं उडान भर्न लागेको बुद्ध एअरको युफोर-८१० जहाज चढ्न नमानेपछि यात्रुहरू बुधबार भैरहवा विमानस्थलमै रोकिएका छन्।

    ती यात्रुले बुधबार बेलुकी ९ः०५ बजेको उक्त उडानमार्फत् काठमाडौं आउन अस्वीकार गरेका थिए। जहाजमा खराबी छ भन्ने सुनेपछि आफूहरू चढ्न नमानेको एक यात्रुले बताए।

    images
    images
    images

    ‘काठमाडौंबाट आएकाहरूले आज त धन्न बाँचियो, यो जहाज कस्तो डरलाग्दो भनेर भन्नुभयो। उहाँहरूले यसमा नजानुस्, अर्कै गरी हल्लाउँदै ल्याएको छ, आवाज पनि कस्तो कस्तो सुनिएको छ भनेर भनेपछि हामीले अर्को जहाज भए मात्र जान्छौं, यसमा त चढ्दैनौं भनेर भन्यौं,’ उनले भने।

    सबै यात्रुले एक स्वरमा आवाज उठाएपछि ‘इन्जिनमा समस्या देखिएको’ भन्दै काठमाडौंबाट अर्को जहाज पठाउन बुद्ध एअर राजी भएको उनले बताए। ‘हामीले नभनेको भए त्यही जहाजमा राखेर पठाउने रहेछ,’ उनले भने।

    बुद्ध एअरका सूचना अधिकारी दिपेन्द्र कर्णसँग यसबारे सोध्दा उनले भने, ‘जहाजमा प्राविधिक समस्या आएको भन्ने बुझेपछि हामी काठमाडौंबाट अर्को जहाज पठाउँदै छौं।’

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, मंसिर २३ २०७८०९:०८:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij