सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

अध्यक्षको दाँत झार्ने उपाध्यक्ष भन्छिन्- कमजोर रहेछ,कुर्चिले हिर्काएको झरिहाल्यो

अध्यक्षको दाँत झार्ने उपाध्यक्ष भन्छिन्- कमजोर रहेछ,कुर्चिले हिर्काएको झरिहाल्यो

images
  • 340
    SHARES

  • images
    images
    images
    अध्यक्षको दाँत झार्ने उपाध्यक्ष भन्छिन्- कमजोर रहेछ,कुर्चिले हिर्काएको झरिहाल्यो
    images
    images
    images

    सप्तरी । मंगलबार कार्यपालिकाको बैठकमा भएको विवाद हात हालाहालको स्थितिमा पुग्दा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलको अगाडिका दुई दाँत झरेका छन्। अनुदानमा आएको गहुँको बीउ वितरणसम्बन्धी छलफलका क्रममा अध्यक्ष मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच भएको विवाद झडपको अवस्थामा पुगेको थियो।

    छलफलका क्रममा अध्यक्षले ३ नम्बर वडाबाटै ३ र ४ नम्बरका लागि बीउ वितरणको प्रस्ताव राखेका थिए । १ नम्बर वडाका लागि सामूहिक भवन, २ नम्बरका लागि नदी किनार र ५, ६ र ७ का लागि पनि एउटै वितरण स्थल तोक्ने उनको प्रस्ताव थियो। बैठकमा उपस्थित उपाध्यक्षसहित केही कर्मचारी र वडाअध्यक्षले उनको प्रस्ताव व्यवहारिक नभएको टिप्पणी गरेका थिए ।

    images
    images
    images

    अध्यक्षले उनको प्रस्तावमा कुनै टिप्पणी सुन्न नचाहेपछि विवाद पैदा भएको प्रत्यक्षदर्शी एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । उनले भने, ‘हामीले सुरक्षाकर्मीको कमी छ, बरु केन्द्रमा पारेर वितरण गरौं भनेका थियौं । बैठकमा उपस्थित अधिकांशले चाहिँ सबै वडामा वितरण स्थल तोक्नुपर्ने माग राखेका थिए। उनीहरूले त्यसका जिम्मा वडाअध्यक्षलाई दिन प्रस्ताव गरेका थिए ।’

    तर, अध्यक्षले आफूले भनेकै स्थलबाट बीउ वितरण गर्नुपर्ने अडान लिएका थिए। आफूले भनेको स्थानबाट वितरण नभए बीउ फिर्ता पठाउने ध’म्की उनले दिएका थिए। घटनाबारे कर्मचारी बताउँछन्, ‘५ र ७ नम्बर वडालाई अध्यक्षले पेलेको भन्दै अव्यवहारिक निर्णय लाद्न नपाइने तर्क उपाध्यक्षले गर्नुभयो। त्यसपछि अध्यक्षले आ’माचकारी गा’ली गर्दै हात हाल्न तम्सिँदा घम्साघम्सी भयो। उपाध्यक्षको हातमा चोट लाग्यो, नाडीको चुरा फुट्यो, अध्यक्षको अगाडिको दुई दाँत नै झर्‍याे ।’

    उनका अनुसार अध्यक्ष अभद्र शब्द प्रयोग गरी चरित्रह’त्या हुने प्रकारका गा’ली गर्दै हात’पातमा उत्रिएपछि उपाध्यक्षले कुर्सीले हिर्काउँदा दाँत झरेको थियो । उनी भन्छन्, ‘उपाध्यक्षले गा,ली सुन्नै नसकेर प्रतिकार गर्नुभएको थियो । दाँत झरेपछि अध्यक्षले उपाध्यक्षमाथि कारबाही गर्नुपर्ने प्रस्ताव राखे पनि उपस्थित व्यक्तिहरूले दुवैजनाको गल्ती भएकाले मिल्न दबाब दिएपछि अध्यक्ष बैठक छोडेर हिँड्नुभयाे ।’

    बाहिरै देखिनेगरी उछिट्टिएको र कमजोर भइसकेकाले जोडले नहाने पनि दाँत झरेको उनले बताए। ‘अध्यक्ष अलिक बुढो उमेरको हुनुहुन्छ। शायद दाँत हल्लिएको र कमजोर नै थियो होला। त्यस्तो जोडले हानेको त होइन। सामान्य घम्सा–धम्सी भएको हो। अगाडिपट्टि उहाँको दुई वटा दाँत सधैं देखिन्थो। तिनै दाँत एकै पटकमा झरेका हुन्,’ उनले सुनाए।

    यता उपाध्यक्ष उषाकुमारी मण्डलले भनिन् दाँत त झर्‍याे कि के भयो मलाई थाहा छैन। त्यो घटनापछि कार्यपालिकामा सबैले मलाई बसाए। ५ नम्बरका वडाध्यक्षले दाँत पहिलेदेखि नै कमजोर थियो, खस्यो होला भन्थे। उनको दुईवटा दाँत खाने–टोक्ने अवस्थामा थिएन रे। सायद कुर्सीले एक पटक लाग्दैमा झरेछ क्यारे ।

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, मंसिर २३ २०७८०९:३२:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij