सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

भ्रमण बर्षको प्रचार गर्ने भन्दै एक करोड लिएर बिदेशी फरार ।

भ्रमण बर्षको प्रचार गर्ने भन्दै एक करोड लिएर बिदेशी फरार ।

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    भ्रमण बर्षको प्रचार गर्ने भन्दै एक करोड लिएर बिदेशी फरार ।
    images
    images
    images

    पुस २९, २०७६ काठमाडौं : नेपालको पर्यटन प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक लाख अमेरिकी डलर (एक करोड १३ लाख रुपैयाँ) लिएर एक विदेशी फरार भएका छन्। विश्वका चर्चित कलाकारलाई नेपाल घुमाएर प्रचार गर्ने भन्दै रकम बुझेपछि जर्मन नागरिक माइकल कोबाल्ड सम्पर्कविहीन भएका हुन्। उनले अमेरिकीबाट पुराना दमकल ल्याई हिमाली जिल्ला पुर्‍याएर नयाँ शैलीमा प्रचार गर्ने कार्यक्रममा सम्झौता गरेका थिए। नेपाल फायर ट्रक एक्सपिडिसन नामक उनको कार्यक्रमका लागि बोर्डले दुई लाख डलरमा सम्झौता गरेर एक लाख डलर सुरुमै दिएको थियो।

    Capture.PNG

    सार्वजनिक खरिद ऐनअनुसार विनाप्रतिष्पर्धा यसरी सम्झौता गर्न मात्र होइन, शुरुमै आधा भुक्तानी गर्नसमेत मिल्दैन। घटनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। माइकलसँगै बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायतविरुद्ध उजुरी परेपछि आयोगले छानबिन थालेको हो। प्रारम्भिक छानबिनमै गम्भीर त्रुटि भेटिएपछि विस्तृत छानबिन थालिएको अख्तियारका एक अधिकारीले बताए, यो खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ।

    images
    images
    • मंगलवार, पौष २९ २०७६०१:१७:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij