मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक

भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक

images
  • 612
    SHARES

  • images
    images
    images
    भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक
    images
    images
    images

    काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनल नजिक पुगेको छ । बंगलादेशको ढाकामा शुक्रबार भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । 

    भुटानमाथिको जितसँगै तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीको नजिता निकालेको नेपालले सात अंक जोडेको छ । आयोजक बंगलादेशको पनि तीन खेलमा सात अंक रहेको छ । 

    images
    images
    images

    यता भारतले भने तीन मध्ये दुई खेलमा जीत र एक खेलमा पराजय भोग्दै ६ अंक जोडेको छ । नेपालले अब डिसेम्बर १९ मा भारतको सामना गर्नेछ र सोही खेलको नतिजाले नेपालको अबको यात्राको टुंगो लगाउनेछ । 

    यता चार खेलमध्ये केवल एक खेलमा जित निकालेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबारको खेलमा नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक–एक गोल गरे । मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् ।  

    कुशुमले १८ औ मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् । रजनीले नेपाललाई २१ औं मिनेटमा ३–० को अग्रता दिलाईन ।मेनुकाले ७२ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, पौष २ २०७८०८:५७:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij