पक्राउ पर्नेमा ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशी छन् ।
महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार जोशीलाई सोमबार साँझ पक्राउ गरिएको हो । चर्चमा नियमित आइरहने एक महिलाले उजुरीले दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको तामाङले बताए ।प्रहरीका अनुसार पाष्टरले आफूसँग यौन सम्पर्क राखे रोग निको हुने आश्वसन देखाएर ती महिलालाई जबरजस्तीकरणी गरेका थिए ।

पछिल्लो पटक चापागाउँको एक गेष्ट हाउसमा बोलाएर उनले जबरजस्तीकरणी गरेको पीडितले दिएको जोहरीमा उल्लेख गरिएको छ ।
उनले नराम्रा काम गरेकाले रोग लागेको बताउँदै आफूसँग शारीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने पनि आवश्सन दिने गरेको जोहरीमा भनिएको छ ।तर, सम्बन्धबारे कसैसँग भने परमेश्वरले दिएको शक्ति नष्ट हुने भन्दै उनले धम्की समेत दिएको जनाइएको छ ।
पहिलो पटक महिलाले जोशीको विश्वासमा परेर उनले भनेअनुसार गरे पनि पटकपटक सम्बन्ध राख्न खोज्दा यो प्रकरण बाहिर आएको प्रहरीले जनायो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij