मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

उज्वेकिस्तानलाई पराजित गर्दै नेपालले जित्यो सेन्ट्रल जोन भलिबलको उपाधी

उज्वेकिस्तानलाई पराजित गर्दै नेपालले जित्यो सेन्ट्रल जोन भलिबलको उपाधी

images
  • 636
    SHARES

  • images
    images
    images
    उज्वेकिस्तानलाई पराजित गर्दै नेपालले जित्यो सेन्ट्रल जोन भलिबलको उपाधी
    images
    images
    images

    काठमाडौं। साविक विजेता नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको च्याम्पियन बनेको छ । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० ले जित्न सफल भयो । नेपालले बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो । पहिलो सेटमा एक समय १२–१७ ले पछि रहेको नेपालले पूनरागमन गर्दै २०–१८ को अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । तर, त्यसपछि नेपालले लगातार अंक गुमाउँदा खेल २१–२१ को बराबरीमा पुगेको थियो । त्यसपछि नेपालले तीनपटक सेट प्वाइन्टमा पुग्दै २६–२४ को रोमाञ्चक जित निकाल्न सफल भयो । दोस्रो सेटमा पनि कुनै पनि समय अग्रता लिन नसकेको नेपालले २४–२६ ले उज्वेकिस्तानलाई नतिजा सुम्पियो । रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा एक समय नेपालले खेललाई १५–१६ को अवस्थामा ल्याएको थियो । त्यसपछि लय गुमाएको नेपाल १९–२३ ले पछि परेको थियो । उज्वेकिस्तानका प्रशिक्षकले रातो कार्ड खाएपछि नेपालले एक अंक थप्दै खेलमा फर्किएको संकेत दिदा ३ अंक जोड्दै खेललाई २३–२३ को बराबरीमा ल्याउँदै नेपालको आशा जगाएको थियो । त्यसपछि नेपालले एक अंक जोड्दा उज्वेकिस्तानले दुई पटक सेट प्वाइन्ट लिदै खेल २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा सुरुवातमा प्रतिस्पर्धा हुदा ११–११ को बराबरीबाट अग्रता लिदै लगातार ७ अंक जोडेपछि नेपालले १८–११ ले अघि बढ्दै जिततर्फ अग्रसर बन्यो । त्यसपछि नेपालले थप ७ अंक जोड्दै २५–१५ को सहज जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक चौथो सेटमा १०–१० को बराबरीबाट पछि परेको नेपालले सेट २२–२५ ले गुमाउन पुग्दा खेल पाँचौ सेटमा लम्वियो । प्रतिस्पर्धात्मक पाँचौ सेटमा ७–७ को बराबरीबाट अघि बढेको नेपालले १३–९ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । त्यसपछि उज्वेकिस्तानले दुई अंक र नेपालले दुई अंक जोड्दै १५–१० को सेटमा च्याम्पियन बन्न सफल भयो । च्याम्पियनसिपमा कृपा अधिकारी, मनिषा चौधरीले पूनरागमनसहित खेल्दा शान्ति थारु, कामना विष्ट र लक्ष्मी चन्दले राष्ट्रिय टोलीमा डेब्यु गरिन् । यसपटक नेपालले च्याम्पियनसिपमा कुल ६ खेलमा २१ सेट खेल्दा १८ सेटमा जित र ३ सेटमा हारको नतिजा निकाल्यो । नेपालले श्रीलंकासँग २ तथा उज्वेकिस्तानसँग एक सेट गुमाएको थियो । त्यसअघि श्रीलंकाले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । २३ डिसेम्वरबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने प्रावधान रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, पौष १३ २०७८०२:५९:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij