सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेकपाले अस्वीकार गरिसकेको हो ःएमसीसीबारे बहस आवश्यक छैन दीपशीखा।

नेकपाले अस्वीकार गरिसकेको हो ःएमसीसीबारे बहस आवश्यक छैन दीपशीखा।

images
  • 619
    SHARES

  • images
    images
    images
    नेकपाले अस्वीकार गरिसकेको हो ःएमसीसीबारे बहस आवश्यक छैन दीपशीखा।
    images
    images
    images

    काठमाडौं । एमसीसी सम्झौताबारे बहस चर्किरहेको बेला सत्तारुढ नेकपासम्बद्ध राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ले एमसीसीबारे बहस गर्न नै आवश्यक नरहेको बताएका छन् । उनले नेकपाको स्थायी समितिले यसअघि अस्वीकार गरिसकेको भन्दै बहस अनावश्यक भएको बताएका हुन् ।

    एमसीसी सम्झौताबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै युवा नेता दीपशीखाले एमसीसी इण्डो–प्यासिफिकअन्तर्गत भएको प्रमाणीत भएसँगै यसको कथा नै सकिएको बताएका हुन् । उनले नेकपाको स्थायी समितिले एमसीसीबारे निर्णय गरिसकेकोले अब लागु गर्न मात्रै बाँकी रहेको बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल फेसबुकमा दीपशीखाले भनेका छन्, ‘एमसीसीबारे पार्टी निर्णय बिचार गरौं –नेकपा स्थायी कमिटीले एमसीसी इण्डो–प्यासेफिकअन्तर्गत नभएको प्रमाण ल्याए स्विकार गर्ने । उता अमेरिकी राजदुतले एमसीसी इण्डो–प्यासिफिकअन्तर्गत नै हो भनेर भनिसके । एमसीसीबारे कथा नै सक्किसक्यो । अब किन बहस गरिरहने ? पार्टी निर्णय लागु गरौं ।’

    Capture.PNG

    दीपशीखाले मध्यपूर्वी देश इराकमा अमेरिकाले गरेको व्यवहारबाट पनि नेपालीले सिक्नुपर्ने बताएका छन् । इराकी संसदले अमेरिकी फौजलाई देश छोड भन्दा पनि नमानिरहेको उल्लेख गर्दै दीपशीखाले अमेरिकी शैलीलाई ध्यान दिनुपर्ने बताएका हुन् ।

    images
    images
    • शुक्रवार, माघ ३ २०७६०२:०५:४०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij