माघ १५ गुरास अनलाइन, रुपन्देहीको देवदहमा आज देखि छैठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव सुरु भएको छदेवदह व्यापार संघको आयोजनामा औद्योगिकीकरण व्यापार विविधिकरण पर्यटन प्रर्बद्धन एवम व्यवसायिक कृषिनै सम्बृद्ध राष्ट्रको आधार भन्ने मूल नाराका साथ सुरु भएको मेला माघ २६ गते सम्म संचालन हुनेछ I राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सीनाले मेलाको उद्घाटन गर्नु भएको थियो