सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा ४५ दिने सिलाईकटाई तालिम सुरु

देवदहमा ४५ दिने सिलाईकटाई तालिम सुरु

images
  • 4.6K
    SHARES

  • images
    images
    images
    देवदहमा  ४५ दिने सिलाईकटाई तालिम सुरु
    images
    images
    images

    सुरज भट्टराई,देवदह । रुपन्देहिको देवदहमा ३९० घण्टे (४५ दिने ) सिलाईकटाई तालिम सुरु भएको छ। देवदह नगरपालिका वडा नं ८ को आर्थिक सहयोग तथा पहिलो खुड्किला संस्थाको आयोजनामा बेसिक सिलाई कटाई तालिम सुरु भएको हो । कार्यक्रमको प्रमुख अतिथी देवदह नगरपालिका वडा नं ८ को वडा अध्यक्ष डण्डापानीले उक्त तालिमको उद्घाटन गर्नुभयो । प्रमुख अतिथि भट्टराईले पानसमा बत्ति बालेर तालिमको उद्घाटन गर्नुभयो ।

    83929537_217609392598548_6938933319283245056_n (1).jpg

    तालिमको उद्घाटन गर्दै भट्टराईलेे कुनै पनि तालिम लिई सकेपछि त्यो प्रमाणपत्रमा मात्रै सीमीत नगरी एउटा सक्षम महिलाको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने कुरा जोड दिनुभएको थियो। महिलालाई अहिलेको प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको र सोहि कुरालाई मध्यनजर गर्दै आयमूलक सीप विकासका लागि तालिमहरु नगर पालिकाले व्यवस्था गरेको बताउनुभयो । कार्यक्रमको समापन गर्दै कार्यक्रमको अध्यक्षता गर्नुभएको देवदह नगरपालिकाको न्यायीक समिति सदस्य तथा देवदह नगरपालिका वडा नं ८ को महिला सदस्य देबु भट्टराईले महिलालाई सिलाईकटाई तालिम नगरपालिकाले आयोजना गरि आयआर्जनतिर महिलालाई आक्रशण गर्ने र व्यवसायी बन्न सके आर्थिक रुपमा आत्मनिर्भर हुने बताउनु भयो ।

    83817183_1495673997265974_7656210561570439168_n.jpg

    कार्यक्रममा वडा सदस्य पुष्पा थारु,फुलमती बिक,पहिलो खुड्किला संस्थाको अध्यक्ष शैरव कुवर र समाजसेवी डा. काजिमान श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । तालिममा देवदह नगरपालिका वडा नं ८ भित्रका २३ जना प्रशिक्षार्थीको छन् । तालिममा हेमा थापाले प्रशिक्षण दिनुहुने छ । कार्यक्रम फुलमती बिकको स्वागत र देवदह नगरपालिका वडा नं ८ को वडा सचिब राम प्रसाद शर्माको संचालनमा भएको थियो ।

    images
    images
    • बिहिवार, माघ १६ २०७६०१:४०:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij