देवदह महोत्सबमा भलिबल प्रतियोगिता सुरु ,उद्घाटन खेलमा रोहिणी क्लब बिजयी
देवदह महोत्सबमा भलिबल प्रतियोगिता सुरु ,उद्घाटन खेलमा रोहिणी क्लब बिजयी
1.6K
SHARES
माघ १९ देवदह ,छैठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा आज बाट शहिद दुर्गा तिवारी स्मृति खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।
मूल आयोजक समितिका संयोजक कोष बहादुर गुरुङले भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।आज भएको उद्घाटन खेलमा ३-१ को सेटमा रेड रोज क्लबलाइ पराजित गर्दै रोहिणी युवा क्लब बिजयी भएको छ ।प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार शिल्ड मेडल र प्रमाणपत्र ,त्यस्तै दोस्रो हुने टिमले नगद २५ हजार शिल्ड मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टिमले नगद १५ हजार शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन ।
प्रतियोगितामा १५ टिमको सहभागिता रहेको खेल संयोजक मेख बहादुर गुरुङले जानकारी दिनुभयो ।बाकि खेल माघ २० गते भोलि १० बजे बाट सुरु हुनेछ ।