देवदह मेलामा पर्यटन सम्बन्धी गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
देवदह मेलामा पर्यटन सम्बन्धी गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
2.3K
SHARES
माघ १९ देवदह ,छैठौँ राष्टिय देवदह औद्योगिक व्यापार मेला , कृषि तथा पर्यटन महोत्सव २०७६ को अवसरपारि आज माघ १९ गतेका दिन पर्यटन प्रर्वद्धन तथा तालिम गोष्ठी व्यावस्थापन उप समितिको आयोजनामा पर्यटन सम्बन्धी गोष्ठी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा देवदह नगरपालिका का प्रमुख प्रसाशकिय अधिकृत हरिदत्त कडेंल तथा लुम्बिनी बिकास कोषका जन संम्पर्क अधिकृत हरिध्वज राई द्धारा देवदहमा पर्यटन तथा पर्यटकिय स्थलको बिकासका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । मेला मुल आयोजक समितिका संयोजक कोष बहादुर गुरुङ्ग को अध्यक्षता देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रिको प्रमुख अतिथ्यता , उप प्रमुख विद्यालक्ष्मी गुरुङको विशिष्ठ आतिथ्यता तथा पर्यटन प्रर्वद्धन तथा तालिम गोष्ठी व्यावस्थापन उप समिति संयोजक भिम गुरुङ्ग को संचालनमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा देवदह भित्र रहेका संघ संस्था , पर्यटन प्रर्वद्धनमा क्रियासिल संस्था , देवदह नगरपालिका पर्यटन प्रर्वद्धन समिति , देवदह न.पा. वडा अध्यक्ष , वडा सदस्य , राजनैतिक दल प्रमुख तथा प्रतिनिधि स्थानिय पर्यटकिय क्षेत्रका प्रमुख वा प्रतिनिधि बुद्धिजिवि हरुको रहेको थियो ।