मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मेडिकल कलेजको लापरबाहीले बालिकाको मृत्यु

मेडिकल कलेजको लापरबाहीले बालिकाको मृत्यु

images
  • 2.0K
    SHARES

  • images
    images
    images
    मेडिकल कलेजको लापरबाहीले बालिकाको मृत्यु
    images
    images
    images

    माघ १९बुटवल ,आठ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआउँदा उपचारका लागि मेडिकल कलेजमा पुर्‍याइएकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

    कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बैजलपुरकी सुविका थापामगरलाई शुक्रबार राति १२ बजे युनिभर्सल मेडिकल कलेज भैरहवामा पुर्‍याइएको थियो । तर ८ घण्टासम्म डाक्टरले हेरेनन् । सिकारु नर्सहरुले ओभरडोज औषधि दिएका कारण बालिकाको मृत्यु भएको परिवारको आरोप छ ।

    images
    images
    images

    नर्सहरुले ५ मिनेटमा डाक्टर आउनुहुन्छ भन्दाभन्दै बिहान ८ बजेसम्म डाक्टर नआएको मृतककी ठूली आमा सरु थापाले बताइन् ।

    शनिबार बिहान साढे ८ बजेतिर बालिकालाई मेडिकल कलेजले मृत घोषणा गरेको थियो । सरुको दाबी अनुसार सिकारु नर्सहरुले अन्धाधुन्द ओभरडोज औषधि दिएकै कारण सुविकाकी मृत्यु भएको हो ।

    पेट दुख्ने समस्या देखिएपछि सुविकालाई शुक्रबार कपिलवस्तुबाट बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल -आम्दा)मा पुर्‍याइएकामा आम्दाले भिडियो एक्सरे गर्ने डाक्टर नभएको भन्दै मेडिकल कलेज रिफर गरेको सरुले बताइन् ।

    ‘मेडिकल कलेजमा चौबिसै घण्टा डाक्टर हुन्छन्, त्यहाँ लैजानुस् भनेर रिफर गरेपछि राति १२ बजे बिरामीलाई पुर्‍याएका हौं,’ सरुले भनिन्, ‘यहां ल्याउँदासम्म बच्ची राम्रै अवस्थामा थिइन्, मज्जाले कुराकानी गर्दैथिन्,डाक्टर बोलाउनुभन्दा पाँच मिनेटमा आउनुहुन्छ भन्दाभन्दै ८ घण्टासम्म आएनन्, सिकारु नर्सको गलत उपचार र ओभरडोज औषधिले अकालमै ज्यान गयो ।’

    भिडियो एक्सरे नगरिकनै, रोग पत्ता नलगाई चारहजार मूल्यको औषधि किनेर खुवाइएको सरुले बताइन् । मृत्यु हुनु आधा घण्टा अघिसम्म पनि सुविकाले आमासँग राम्रोसँग कुराकानी गर्दै ‘भोक लाग्यो खाना दिनुस, मलाई घर लैजानुस्’ भनेको सरुले अनलाइनखबरलाई बताइन् ।

    84468495_1285959154938940_9187768561857200128_o.jpg

    ८ घण्टासम्म डाक्टर नआएपछि बिरामीका आफन्तले डिस्जार्च दिनुस् हामी अन्य अस्पताल लैजान्छौं भन्दा डिस्चार्ज पनि नदिएको सरुले बताइन् । ‘८ घण्टासम्म न डाक्टर आएर चेकजाँच गरे, न भिडियो एक्सरे भयो न डिस्चार्ज माग्दा दिए,’ उनले भनिन्, ‘अस्पतालको लापरबाहीले नै बच्चीको मृत्यु भएको भन्ने ठहर भएको छ ।’ सुविका बाणगंगाा बोर्डिङ स्कूलकी २ कक्षाकी विद्यार्थी हुन् ।

     



    images
    images
    • सोमवार, माघ २० २०७६०२:०६:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij