सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

निर्माणाधिन क्रिकेट रंगशालामा जारी महायज्ञमा एकै दिन पाँच करोड रकम संकलन

निर्माणाधिन क्रिकेट रंगशालामा जारी महायज्ञमा एकै दिन पाँच करोड रकम संकलन

images
  • 2.0K
    SHARES

  • images
    images
    images
    निर्माणाधिन क्रिकेट रंगशालामा जारी महायज्ञमा एकै दिन पाँच करोड रकम संकलन
    images
    images
    images

    माघ २३ चितवन । रामपुरमा धुर्मुस–सुन्तली फाउण्डेशनले जनताको सहयोगमा निर्माण गर्ने लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा आज बिहिबार मात्रै करिव पाँच करोड आर्थिक संकलन भएको छ ।प्रदेश सांसद समेत रहेका महायज्ञका संयोजक विजय सुवेदीका अनुसार जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैंया सहयोग गरेको छ ।

    यस्तै चितवनको पोल्ट्री क्षेत्रबाट एक करोड सहयोगको घोषणा गरिएको छ ।नेपाल पोल्ट्री महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र बिष्टले १ करोड सहयोगको घोषणा गरेका हुन् । उनले महायज्ञस्थलमा पुगेर ५० लाख नगद दिएका छन् भने बाँकी रकम छिट्टै पु¥याउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै चितवनका उद्योगी व्यवसायीको तर्फबाट ६३ लाख सहयोग गरिएको छ ।

    माडी नगरपालिकाले ३० लाख रंगशाला निर्माणका लागि सहयोग गरेको छ । नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल धनधान्याचलमै पुगेर सहयोग रकम उद्घोष गरेका हुन । उद्योग संघले ६५ लाख सहयोग गर्ने घोषणा गरे । जसमध्ये आज ३५ लाखको चेक दिएका छन्।
    रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव शुरु भएको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । २६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड उठाउने लक्ष्य रहेको छ ।

    mahayaga4.jpg

    करिव ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ । अहिलेसम्म ७ करोड भन्दा बढी रकम संकलन भईसकेको महोत्सव मुल आयोजक समितिका महासचिव दिनेस कुमार चुकेले बताए ।

    images
    images
    • बिहिवार, माघ २३ २०७६०२:५०:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij