माघ २५ देवदह ,लियो क्लब अफ लर्ड बुद्धको आयोजनामा शनिबार सम्पन्न भएको देवदह क्वाटर म्याराथनको उपाधि मोरङका योङ देव राइले जितेका छन। महिला र पुरुष गरी दुवै समुहमा भएको म्याराथनको पुरुष तर्फको उपाधि मोरङका योङ देव राइले हात पारेका छन भने महिला तर्फको उपाधि जुम्लाकी बन्धना वुढाले हात पारेकी छन । निर्धारीत दुरी राईले ५० मिनेट ४ सेकेण्ड र वुढाले १ घण्टा ३ मिनेटमा पुरा गरेकी हुन । प्रतियोगितामा पुरुष तर्फ बुटवलका शुभाष कार्की ५० मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै द्धितिय भएका छन भने महोत्तरीका नारायण कुमार कुसहवा ५० मिनेट ३१ सेकेण्डमा निर्धारी दुरी पार गर्दै तृतिय भएका छन ।
त्यस्तै महिला तर्फ १ घण्टा ८ मिनेटमा निर्धारीत दुरी पार गर्दै बर्दियाकी कल्पाना थारु द्धितिय र १ घण्टा १० मिनेटमा निर्धारीत दुरी पार गर्दै दाङकी अनिशा चौधरी तृतिय भएका छन । प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुनेले क्रमश १५ हजार १० हजार ५ हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा विजयी खेलाडीहरुलाई नेकपाका नेता पूर्व मन्त्रि तथा संघिय सांसद छबिलाल बिश्वकर्माले पुरस्कार प्रदान गर्नु भएको थियो । उक्त्त अवसरमा उहाले खेल क्षेत्रको विकासमा सरकार लागि परेको बताउनु भयो । कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्रीले खेलले देवदहलाई चिनाउने विश्वास व्यक्त गर्नु भयो । म्याराथनमा २०० भन्दा बढी प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।