सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

प्रहरीद्वारा इरिक्सा चालक माथि निर्घात कुटपिट ,बिरोधमा वडा प्रहरी कार्यालय घेराउ

प्रहरीद्वारा इरिक्सा चालक माथि निर्घात कुटपिट ,बिरोधमा वडा प्रहरी कार्यालय घेराउ

images
  • 5.8K
    SHARES

  • images
    images
    images
    प्रहरीद्वारा इरिक्सा चालक माथि निर्घात कुटपिट ,बिरोधमा वडा प्रहरी कार्यालय घेराउ
    images
    images
    images

    माघ २५ ,बुटवल ।बुटवलमा इरिक्सा चालक माथि निर्घात कुटपिट भएको छ ।प्रहरीको कुटाइबाट ई-रिक्साचालक भवन सिंजाली मगर घाइते भएका छन् । ब्लुबुकको बिषयमा विवाद हुँदा बुटवलको राजमार्ग चौरहा बिटमा कार्यरत प्रहरी बीपी जीसीसहित तीजना प्रहरी मिलेर आफूलाई कुटपिट गरेको घाइते सिंजालीले बताए ।

    बुटवलको कालिका फिल्महल पछाडिको सडकमा रिक्सा चलाइरहेका ४४ वर्षीय सिंजालीलाई प्रहरीले सुरुमा ब्लुबुक मागेका थिए । चालकले ब्लुबुक साथमा नरहेको भन्दै लाइसेन्स देखाउँदा प्रहरीसँग विवाद भएको थियो । विवादपछि प्रहरी बिटमा ल्याई अन्य दुई जना प्रहरीसमेत मिलेर कुटपिट गरेको सिंजालीले बताए । प्रहरीको कुटाईबाट आफू अर्ध–बेहोस भएको र प्रहरीले नै अस्पताल लगेर छाडेको बताए । सिंजालीको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।चालकमाथि कुटपिटको विरोधमा बुटवलका ई-रिक्साचालकहरुले वडा प्रहरी कार्यालय रामनगर घेराउ गरेका छन् ।

    e-risksha-birod.webp

    करिब पाँच सयको संख्यामा उपस्थित चालकहरुले कुटपिटमा संलग्न प्रहरीमाथि छानवीन गरी विभागीय कारबाही र सिंजालीको उपचार गरिदिनुपर्ने माग गरेका छन् ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ध्यानबहादुर राईले ई रिक्सा चालक स्वरोजगार मजदुरमाथि प्रहरीले बिटमै ल्याएर कुटपिट गर्नु ज्यादती भएको बताए । उनले दोषी प्रहरीमाथि कारवाही नभए कानुनी उपचारका लागि अदालत जाने बताए ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले घटना भएको जानकारी पाएको बताउँदै अध्ययन गरेर कारबाही गर्ने नगर्ने निर्णय गरिने प्रतिक्रिया दिए ।

    e-rishkswa-chalak-butwal.webp

    images
    images
    • शनिवार, माघ २५ २०७६०२:४६:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij