फाल्गुन २ देवदह ।प्रथम सहिद लखन थापाको स्मृति दिवसको अवसर पारेर समाज सेवी माया गलामी पुनले छोराको सम्झनामा अक्षकोष स्थापना गरेकि छिन ।
गत मंसिरमा उनको कान्छा छोरा सन्दिप गलामिको २१ बर्षको कलिलो उमेरमै निधन भएको थियो ।गायन क्षेत्रमा रुचि राख्ने सन्दिप आफु मर्नु भन्दा अगाडी मैले कसैलाई दुख दिएको भए माफ गर्दिनु,मेरो भागमा आउने जायजेथा गरिब दुखिलाई दिनु ,भन्ने इछ्चा राखेको कारण उनको नाममा ,देवदह भलुहीमा रहेको जनप्रिय माबिमा रु ५१ हजार एकसय ५१ बराबरको स्मृति अक्षकोष स्थापना गरिएको हो ।

२०६८ साल मंसिरमै भयानक दुर्घटनामा परेकी र हाल अशक्त अवस्थमा रहेकी गलामिको जिबनमा एक पछि अर्को बज्रपात परेको थियो ।छोटो समयको अन्तरालमा देवदहकी बरिस्ठ समाजसेवी तथा पति सुर्य गलामीलाइ गुमाउनु ,फेरि देवरको मृत्यु हुनु ,र गत मंसिरमा छोरो गुमाउनु ले उनको जिबनमा ठुलो चोट परेको थियो । तर उनि सबै चोटहरुलाई सहदै सामजिक काममा लागिरहेकी छिन ।
गरिब तथा जेहेन्दार बिद्यार्थी र पढ्न बात कोहि बन्चित नहोस भन्ने उदेश्यले आफुले सामुदायिक बिद्यालयमा अक्षकोष स्थापना गरेको उनले बताइन ।
अक्षकोष स्थापना कार्यक्रममा सन्दिप गलामिकी आमा माया गलामी ,गायत्री प्रसाद खरेल, ऋषि राम सापकोटा , टेक बहादुर बिक ,मोहन जिसी अमर लामिछाने ,माया गलामिकी छोरी सरिता गलामी ,केशब प्रसाद पराजुली लगायतले आफ्नो भनाइ राख्नु भएको थियो ।
विद्यालयका शिक्षक श्याम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij