फागुन २ । नेपाल पत्रकार महासंघ रुपन्देही र न्यू लुम्विनी ईङलिस बोडिङ्ग स्कुलका शिक्षकहरु वीच भएको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा न्यू लुम्विनी बोडिङ्ग स्कुल विजयी भएको छ । विद्यालयको रजत महोत्सवको अवसरमा आयोजित देवदह नगर स्तरीय अन्तर विद्यालय शिक्षक कर्मचारी मैत्रीपूर्ण भलिवल प्रतियोगिताको पुर्व सन्ध्यामा भएको हो । प्रतियोगितामा २–१, को सेटमा नेपाल पत्रकार महासंघलाई हराउदै न्यू लुम्विनी ईङलिस बोडिङ्ग स्कुलका शिक्षक कर्मचारी विजयी भएको हो ।
खेलमा नेपाल पत्रकार महासंघ रुपन्देहीलाई २५–१६, २५–१८ को सेटमा जितेके हो । यता नेपाल पत्रकार महासंघ रुपन्देहीले खेलमा २५–१८ मा एक सेट जित्न सफल भएको थियो । यसैवीच पुरुष तर्फको शिक्षक भलिवल प्रतियोगितामा युगज्योति मावि विजयी भएको छ । देवदह ईङलिस बोडिङ्ग स्कुललाई हराउदै युगज्योति विजयी भएको हो । सगरमाथा आवासी मावि र न्यू नमुना वीच भएको खेलमा सगरमाथा आवासीय मावि विजयी भएको छ । न्यू लुम्विनी बोडिङ्ग र कोलियराज बोडिङ्ग स्कुल वीच भएको खेलमा न्यू लुम्विनी विजयी भएको छ । देवदह मदरटङ्गस एकेडेमी र केरवानी मावि वीच भएको खेलमा देवदह मदरटङ्गस एकेडेमी विजयी भएको छ । प्रतियोगिताको दोश्रो चरणमा न्यू लुम्विनी ईङलिस बोडिङ्ग र देवदह मदरटङ्गस एकेडेमी वीच भएको खेलमा न्यू लुम्विनी विजयी भएको छ ।

महिला शिक्षकहरु वीच भएको खेलमा सगरमाथा आवासीय मावि विजयी भएको छ । खेलजमा देवदह मदरटङ्ग एकेडेमीलाई हराउदै सगरमाथा आवासीय मावि विजयी भएको हो । न्यू लुम्विनी ईङलिस बेडिङ्ग स्कुल र सगरमाथा आवासीय मावि वीच भएको खेलमा न्यू लुम्विनी विजयी भएको छ । न्यू लुम्विनी र देवदह मदरटङ्गस ऐकेडेमी वीच भएको खेलमा न्यू लुम्विनी विजयी भएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij