सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रुपन्देहीको देवदहमा बृहत्त सरसफाई कार्यक्रम सम्पन्न

रुपन्देहीको देवदहमा बृहत्त सरसफाई कार्यक्रम सम्पन्न

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    रुपन्देहीको देवदहमा बृहत्त सरसफाई कार्यक्रम सम्पन्न
    images
    images
    images

    फागुन २ । रुपन्देहीको देवदह नगरपालिकामा बृहत्त सरसफाई कार्यक्रम सम्पन्न भएको छ । प्रदेश ५, को स्थापना दिवसको अवसरमा देवदह नगरपालिकाको आयोजनामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको हो । देवदह–५, कचरार खोलाबाट शुरु भएको सरसफाई अभियान देवदहको शितलनगरमा पुगेर सम्पन्न भएको थियो ।

    सरफाई अभियानको समापन कार्यक्रममा बोल्दै प्रदेश ५, का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलले आफनो ठाउको सरसफाई गर्न स्थानीयवासी नै लाग्नु पर्नेमा जोड दिनु भयो । मानिस स्वास्थ्य रहनको लागि सरसफाई आवश्यक रहेको बताउदै देखाउनको लागि मात्र नभई व्यवहारिक रुपमा समेत आफनो गाउ÷टोल सरसफाई राख्नु पर्ने बताउनु भयो । प्रदेश सरकारले प्रदेश सभाको स्थापना दिवसको अवसरमा सरसफाईको अभियान शुरु गरेको र यसलाई निरन्तरता दिने बताउनु भयो । उहाले अभियान एक दिन चलाएर मात्र हुदैन त्यसलाई निरन्तरता दिनु पर्ने बताउदै सरसफाई अभियानमा स्थानीयवासी लाग्नु पर्ने बताउनु भयो । मन्त्री अर्यालले सरकारले भूमि ऐन निर्माण गरिसकेकोले अव भूमि विहिन कोही वस्न नपर्ने दावी गर्नु भयो । उहाले प्रदेश सरकार र संघीय सरकारले भुमि व्यवस्थापनको ऐन निर्माण गरिसकेको छ,

    images
    images
    images

    Capture.PNG

    अव निमावली मात्र आउन वाकी रहेको बताउदै अव अव्यवस्थित बसोवासको सरकारले छिट्टै व्यवस्थापन गर्नेमा जोड दिनु भयो ।
    उहाले कृषिलाई व्यवसायीक गराउन सकेमात्र देशमा समृद्धि आउने बताउदै बैज्ञानिक कृषि प्रणाली लागु गरेर उत्पादन बृद्धि तर्फ लाग्नु पर्ने बताउनु भयो । प्रदेश सरकारले उत्पादनको आधारमा कृषकलाई अनुदानको व्यवस्था गरेको बताउदै सहकारी मार्फत कृषकलाई अनुदान उपलव्ध गराउने बताउनु भयो । सोही अवसरमा बोल्दै प्रदेश ५, का प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले प्रदेश सरकारले स्थापना दिवसको अवसरमा मात्र नभई अन्य दिनमा पनि सरसफाई कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाउने बताउनु भयो । उहाले अव उत्पादन बृद्धि विना मुलुक अगाडि बढ्न नसक्ने बताउदै उत्पादन बृद्धिमा सवै लाग्नु पर्नेमा जोड दिनु भयो ।

    देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा टोल विकास संस्था, राजनैतिक दलका नेता, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    images
    images
    • शुक्रवार, फाल्गुण २ २०७६०३:०२:२३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij