मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गुरुङ जातिको संस्कार अनुसारको पारिवारीक जमघट हो :मुख्यमन्त्री गुरुङ

गुरुङ जातिको संस्कार अनुसारको पारिवारीक जमघट हो :मुख्यमन्त्री गुरुङ

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    गुरुङ जातिको संस्कार अनुसारको पारिवारीक जमघट हो :मुख्यमन्त्री गुरुङ
    images
    images
    images

    फागुन ४ ,पोखरा । शनिबार बेलुकादेखि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा मुख्यमन्त्री गुरुङसहित उनकी पत्नी र अन्य व्यक्तिहरुको जमघट देखिन्छ । त्यहाँ मुख्यमन्त्री गुरुङसहितकाले मादक पदार्थ सेवन गरिरहेको देखिन्छ ।भिडियो बाहिरिएपछि मुख्यमन्त्री गुरुङले आफ्नै कार्यकक्षमा मदिरा पार्टी गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । यद्यपि, मुख्यमन्त्रीको उक्त भिडियो मुख्यमन्त्री कार्यालयको नभई, उनको निवास भएको निजी सचिवालयले स्पष्ट पारेको छ ।
    विवादलाई लिएर मुख्यमन्त्रीको नीजि सचिवालयले विज्ञप्ति नै निकालेको छ ।

    prithivi_subba_gurung_n4CKN8j1oi.jpg

    images
    images
    images

    विज्ञप्तिमा लेखिएको छ :
    गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूलाई जोडेर सामाजिक सञ्जाल एवं विभिन्न संचार माध्यमहरुमा सार्वजनिक भिडियो, फोटा र समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    फागुन २ गते माननीय मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन माननीय मुख्यमन्त्रीज्यूको जन्म दिन समेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो।सो क्रममा खिचिएका भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीज्यूको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ ।

    गुरुङ जातिको संस्कार अनुसारको पारिवारीक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहान्छौ। तसर्थ यस विषयमा कुनै भ्रममा नपर्नको लागि हामी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह गर्दछौं।

    डिल्लीराम सिग्देल
    निजी सचिवालय

    images
    images
    • आइतवार, फाल्गुण ४ २०७६०१:२८:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij