सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बुटवलका घरको नम्बर डिजिटल प्रणालीमा

बुटवलका घरको नम्बर डिजिटल प्रणालीमा

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    बुटवलका घरको नम्बर डिजिटल प्रणालीमा
    images
    images
    images

    फागुन ४ ,बुटवल । बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जिआइएसका आधारमा घर नम्बरिङ गरेको छ। विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गर्दै पूरा भएका घरमा नम्बर टाँस्ने काम समेत सुरू भइसकेको छ।
    उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसका अवसरमा नगर प्रमुख शिवराज सुवेदीले ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरको नम्बर प्लेट टाँस्ने कामको सुभारम्भ गरेका हुन्।

    बुटवल वडा नं ८ राजमार्ग चौरहास्थित प्रहरी सपिङ कम्प्लेक्समा ‘ए००२’ २०५६ नम्बरको निलो टिनको नम्बर कार्ड टाँस्दै प्रमुख सुवेदीले नम्बरिङ गर्ने कार्यको शुभारम्भ गरेका हुन्।

    images
    images
    images

    प्रमुख सुवेदीले उपमहानगरको वस्तुगत विवरणसँगै प्रत्येक घरको डिजिटल प्रविधिबाट गरिने नम्बरिङले योजना तर्जमा, कार्यान्वयन र थप अध्ययनका लागि उपयोगी हुने बताए। उपमहानगर भित्रका घरलाई व्यवस्थित बनाउन र नम्बरबाटै पहिचान हुने बनाउन आधुनिक हिसाबले घर नम्बरिङ गरिएको प्रमुख सुवेदीको भनाइ छ।
    सेवाग्राहीलाई प्रवाह गरिने सेवा, उपमहानगरका सेवाकेन्द्रहरु, सार्वजनिक क्षेत्र, सडक, विद्यालदेखि वन क्षेत्र र ती स्थानदेखि आफ्नो घर कहाँनिर पर्छ भनेर हेर्न मिल्नेगरि ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको हो।

    1581839272home_numbering.jpg

    नीति तथा कार्यक्रममै यसलाई समावेश गरेर व्यवस्थित रुपमा कार्यसम्पादन गर्नेमा बुटवल मुलुकमा पहिलो मानिएको उनले दावी गरे। मोबाइल एपमार्फत उपमहानगरका सेवाप्रवाहको जानकारी लिने र ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गर्ने भन्दै पहिलो निर्णय गरिएको थियो।

    भौगोलिक अध्ययनका विज्ञहरु सम्मिलित परामर्शदाता छनौट गर्दै १ देखि ११ वडाका सबै घरको ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ पूरा गरिएको हो। अब दोस्रो चरणमा वडा नं १२ देखि १९ मा ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ सुरु गरिने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए।

    उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ भएको र कर पनि वडा कार्यालयबाटै तिर्ने व्यवस्था मिलाइएको बताए। उनले बुटवल उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउन अग्रसर भइरहेको दावी गरे।

    बुटवल उपमहानगरपालिकाको वडानम्बर ६, ७ र ८ नम्बर वडाका घरहरुमा नम्बर प्लेट टाँसिएको छ भने अहिलेसम्मकै आधुनिक वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ गरिएपछि अब कुन घर कुन सडकमा कति नम्बरमा पर्छ भन्ने जानकारी जिपिआरएस सिस्टमबाट थाहा पाउन सकिने छ।

    डिजिटल नम्बरिङपछि बारुण यन्त्र, एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका कामहरुमा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्नेगरी भौगोलिक सूचना प्रणालीको विकास गरिएको उपमहानगरले जनाएको छ ।

    यस्तै उपभोक्ता समितिमार्फत हुँदै आएका पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउन बुटवलले नेपाली भाषामै लागत स्टीमेट बनाउन सुरू गरेको छ। यो काम प्रदेशमै पहिलो हो।

    प्राविधिक भाषाले अलमलमा पर्ने, प्रक्रियाहरु नबुझ्दा झन्झट मान्ने जस्ता समस्या देखिएपछि नगर प्रमुखले नै उपभोक्ता समितिका कामलाई प्रभावकारीसँगै गुणस्तरीय बनाउने उपाय सुरू गरेका हुन्।

    बुटवल उपमहानगरपालिकाले अहिले इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टममा भवनहरूको विवरणलाई अनलाइनमार्फत व्यवस्थित गरिरहेको छ।

    गत वर्ष वैशाख १ गतेदेखि शुरु गरिएको यो प्रणाली अन्तर्गत हालसम्म दुई हजार सात सय ७६ नक्सा दर्ता भएको र झण्डै एक हजार पाँच सय जनाले सम्पन्न प्रमाणपत्र लिइसकेको उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए।

    बुटवल उपमहानगरपालिकाले भवन संहिताको पूर्ण कार्यान्वयन गर्दै घरनक्सा पास सम्बन्धी विशेष जानकारी पुस्तिकासहितको टाइम कार्ड समेत लागू गरेको छ।

    images
    images
    • आइतवार, फाल्गुण ४ २०७६०२:०२:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij