न्यू लुम्विनी द्वारा आयोजित रक्तदान कार्यक्रममा ३० यूनिट रगत संकलन
न्यू लुम्विनी द्वारा आयोजित रक्तदान कार्यक्रममा ३० यूनिट रगत संकलन
1.9K
SHARES
फागुन ५, देवदह । रुपन्देहीको देवदहमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । न्यू लुम्विनी ईङलिस बोडिङ्ग स्कुल देवदह–५, खैरेनीको आयोजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । विद्यालयको रजत महोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारा सहित उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो । विद्यालयका प्रिन्सिपल विनोद थापाको अध्यक्षता र नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका उपसभापति मित्रलाल न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
व्लड बैक बुटवलको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा ३० यूनिट रगत संकलन भएको विद्यालयले जनाएको छ । रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावकहरुको सभागिता रहेको थियो । सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयले रजत महोत्सवको पुर्व सन्ध्यामा विद्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका उपसभापति न्यौपानेले रक्तदान पुण्य काम भएको बताउदै रक्तदानले कसैको जीवन बचाउन सकिनेमा जोड दिनु भयो ।
उहाले रक्तदान कार्यक्रमले सामाजिक भावनाको विकासमा टेवा पु¥याउने बताउनु भयो । सोही अवसरमा बोल्दै विद्यालयका प्रिन्सिपल विनोद थापाले रगतको अभावमा कसैको ज्यान जान नपरोस भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनु भयो । कार्यक्रममा देवदह नगरपालिका–६, का वडाअध्यक्ष दामोर क्षेत्री, नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका सभापति कृष्णप्रसाद न्यौपाने, सल्लाहकार परिषद सदस्य खेमनारायण अधिकारी, शिक्षक लक्ष्मी राना लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।