बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एक घर एक करेसा बारी अभियान अन्तर्गत किसानहरुलाई विऊ वितरण

एक घर एक करेसा बारी अभियान अन्तर्गत किसानहरुलाई विऊ वितरण

images
  • 3.9K
    SHARES

  • images
    images
    images
    एक घर एक करेसा बारी अभियान अन्तर्गत किसानहरुलाई विऊ वितरण
    images
    images
    images


    फागुन ६ देवदह ,रुपन्देहिको देवदह नगरपालिका वडा नम्बर ४ ले एक घर एक करेसा बारी अभियान अन्तर्गत वडामा बिउ वितरण गरेको छ । बेमौसमी तरकारी उत्पादन गरी उत्पादन बढाउने उद्देश्यले किसानहरुलाई विऊ वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।करिव ११ सय किसानहरुलाई काक्रो, भेन्डी, लौका, करेला, बोडी, फर्सी, घिरौलाका विऊहरु वितरण गरिएको थियो ।
    एक घर एक करेसावारी अभियान अन्तर्गत देवदह नगरपालिका ४, वडा कार्यालयले विऊ वितरण संगै किसानलाई तालिम समेत दिनेछ ।

    बिउ वितरण कार्यक्रममा बोल्दै देवदह नगरपालिका ४ का वडा अध्यक्ष दिपक चापागाईले वितरण गरिएको बिउ सहि ठाउमा सदुपयोग गर्न आग्रह गर्नुभएको थियो । बेमौसमी तरकारी खेति गरि तरकारी उत्पादन गर्न र बाहिर खरिद गर्नुपर्ने अवस्था नआउने गरि तरकारी उत्पादन हुनेमा आफु आशाबादी रहेको समेत उहाले बताउनु भयो ।

    87050330_236222867551013_6546657622378938368_o.jpg
    वडाअध्यक्ष दिपक चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका कृषि शाखाका चन्द्रकान्त भुज, वडा सदस्यहरु रामबहादुर चौधरी, मनकुमारी थापा, आशा मुसहर लगायतले बोल्नु भएको थियो ।वडा सदस्य शान्ता भट्टराईको स्वागत र वडा सचिव विष्णु पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    • मंगलवार, फाल्गुण ६ २०७६०१:३४:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij