सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

न्यू लुम्विनी बोडिङ्ग स्कुलमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

न्यू लुम्विनी बोडिङ्ग स्कुलमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

images
  • 2.4K
    SHARES

  • images
    images
    images
    न्यू लुम्विनी बोडिङ्ग स्कुलमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
    images
    images
    images

    फागुन ६ देवदह । न्यू लुम्विनी ईङलिस बोडिङ्ग स्कुलमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको रजत महोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद र शैक्षिक सत्र–२०७५ को शैक्षिक पुरस्कार एक कार्यक्रमका वीच वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता र देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    सो अवसरमा बोल्दै नगर प्रमुख खत्रीले मौलिक हकको रुपमा रहेको शिक्षाको विकासमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । उहाले अशिक्षाले गरिवी बढाउने बताउदै गरिव तथा विपन्न बर्गका वालवालिकालाई पनि निजी क्षेत्रले बढाउनु पर्नेमा जोड दिनु भयो । नगर प्रमुख खत्रीले गुणस्तर शिक्षाको लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र समाजका अगुवाहरु लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले शिक्षाको पहुचलाई आमनागरिक समक्ष पु¥याउन नगरपालिका तयार रहेको र सोही अनुसार पहल भईरहेको बताउनु भयो । उहाले अहिलेको शिक्षा प्राणालीमा सुधार गर्न आवश्यक रहेको औल्याउदै प्राविधिक, बैज्ञानिक र व्यवहारिक शिक्षा आजको आवश्यक रहेको बताउनु भयो ।

    images
    images
    images

    161543476IMG_2963.jpeg

    उहाले प्राविधिक र व्यवहारिक शिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन हुने बताउदै शिक्षाको वारेमा सचेतना जगाउन आवश्यक रहेको बताउनु भयो । उहाले गुणस्तर, प्राविधिक र व्यवहारिक शिक्षाले मात्र गरिवी न्यूनिकरण गर्न सकिनेमा जोड दिनु भयो । उहाले गुणस्तर शिक्षाको लागि नगरपालिका संस्थागत विद्यालय र सामुदायिक विद्यालयहरु संग सहकार्य गरेर अगाडि बढिरहेको बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेसका प्रमोद खनाल, नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारीका ऋषिराम लामिछाने, अभिभावक राजेन्द्र चौधरी, गुना अधिकारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सोही अवसरमा विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरिएको थियो । यसैगरी विद्यालयको रजत महोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुदका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका प्रिन्सिपल विनोद थापामगरको स्वागत र निर्मला पौडेल, लक्ष्मी रेश्मी रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    • मंगलवार, फाल्गुण ६ २०७६०१:४५:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij