बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा गुरुङ महिला नेतृत्व विकास तथा उद्घोषण तालिम शुरु

देवदहमा गुरुङ महिला नेतृत्व विकास तथा उद्घोषण तालिम शुरु

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    देवदहमा गुरुङ महिला नेतृत्व विकास तथा उद्घोषण तालिम शुरु
    images
    images
    images

    फागुन ६ देवदह ।रुपन्देहीको देवदहमा एक हप्ते गुरुङ्ग महिला नेतृत्व विकास तालिम शुरु भएको छ । तमुस्यो ह्युल छोंज धी देवदह नगर समितिको आयोजना र देवदह नगरपालिकाको सहयोगमा उक्त तालिम शुरु भएको हो । तालिमको एक कार्यक्रमका वीच देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले उद्घाटन गर्नु भएको हो । तालिमको उद्घाटन गर्दै उपप्रमुख गुरुङ्गले महिलाहरुको विकास विना समाज परिवर्तन हुन नसक्ने बताउनु भयो । उहाले नगरपालिका बसोवास गर्ने विभिन्न जातजातीको भाषा, संस्कार, संस्कृतिको संरक्षणको लागि नगरपालिकाले बजेट विनियोजन गरी अगाडि बढिरहेको बताउनु भयो ।

     

    images
    images
    images

    उहाले भाषा, संस्कार संस्कृतिको संरक्षण र सम्वद्र्धनले मात्र जातीय पहिचान स्थापित हुनेमा जोड दिनु भयो । उहाले महिलाहरुको सशक्तिकरण गर्ने उद्देश्यले नगरपालिकाले बजेट विनियोजन गरिएको बताउनु भयो । उहाले महिलाहरुमा भएको क्षमतालाई वाहिर ल्याउन तालिमले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिनु भयो । उहाले समाजको हरेक गतिविधिमा महिलाहरु सक्रिय सहभागिता हुन आवश्यक रहेको औल्याउदै तालिममा सिकेका ज्ञान र सिपलाई व्यवर्हानमा उर्तान आग्रह गर्नु भयो । तमुस्यो ह्युल छोंज धी देवदह नगर समितिका अध्यक्ष सावित्रा गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा खेमा लिपि अभियन्ता भिमप्रसाद गुरुङ्ग, तमु छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद रुपन्देहीका सदस्य बोमबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

    86970212_470771710475121_5649717723391852544_n.jpg

    तमु छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद देवदहका अध्यक्ष टौंबहादुर गुरुङ्गको स्वागत र सुष्मा गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । देवदह–१, देखि १२ सम्मका गुरुङ्ग महिलाहरुको सहभागिता रहेको तालिमको रामबहादुर गुरुङ्ग र कुमारी थापाले सहजीकरण गर्ने जनाईएको छ ।

    images
    images
    • मंगलवार, फाल्गुण ६ २०७६०१:५९:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij