सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

अबैध कुखुरा निकाशिको कारण नेपाली कुखुरापालक किसान मर्कामा

अबैध कुखुरा निकाशिको कारण नेपाली कुखुरापालक किसान मर्कामा

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    अबैध कुखुरा निकाशिको कारण नेपाली कुखुरापालक किसान मर्कामा
    images
    images
    images

    फागुन ७ बुटवल ,अबैध रुपमा भारतीय बजार बाट चल्ला तथा कुखुरा नेपालमा भित्रिदा नेपाली कुखुरा पालक किसान मर्कामा परेका छन् । तस्करहरुले भन्सार छली अबैध रुपमा सस्तो दाममा नेपाली बजारमा मासु खपत गर्ने गरेको कुखुरा पालन गर्ने नेपाली किसानको गुनासो रहेको छ । साथै नेपाली उत्पादन प्रयोग गर्न समेत उनीहरुले उपभोक्तालाई आग्रह गरेका छन् ।

    उद्योगीहरुले आफूखुसी मूल्य बढाउने र घढाउने प्रवृतिले कुखुरापालक किसान मारमा परेको खड्काको भनाइ छ।पटक–पटक समितिले चल्लाको मूल्य वृद्धिबारे वार्णिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरी गर्दै आएको भएपनि विभागले किसानको समस्या वेवास्ता गरेको संयोजक खड्काले गुनासो गरे।उनले देश सञ्चारसँग भने, ‘विभाग र उद्योगीहरु मिलेर चल्ला तथा दानाकाे कालोबजारी गर्दासमेत सरकार चुप लागेर बसेकाे छ।’बढाइएको चल्ला र दानाको मूल्य घटाउनु पर्ने, दाना गुरुणस्तरीय हुनुपर्ने, दानाको परिमाण पुर्‍याएर दिनुपर्ने, गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्नुपर्ने तथा चल्ला र दाना अनुसार कुखुराको बजारमूल्य समायोजन हुनुपर्ने किसानहरुको माग छ।

    maxresdefault (1).jpg

    आफ्ना माग हरु तत्काल पूरा गर्नुपर्ने माग सहित राष्ट्रिय कुखुरापालक संघर्ष समितिले मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा ज्ञापनपत्र समेत बुझाएको छ।विभागले किसानको मागको विषयमा आवश्यक अनुसन्धान गर्ने बताएको जानकारी दिँदै मागको उचित सुनुवाई नभए आफूहरु थप कडा संघर्षका कार्यक्रमसहित आन्दालनमा उत्रने खड्काले बताए।बजारमा कुखुराको मासुको मूल्य बढाउन नेपाल ह्याचरी संघले गत पुसको पहिलो साता कुखुराका ३० लाख जिउँदा चल्ला खाल्डोमा गाडेको थियो।संघले बजार मूल्य सुधार गर्ने नाममा करिब १५ करोड रुपैयाँ मूल्य बराबरका चल्ला नष्ट गरेको थियो।

    गत मंसिर २९ देखि पुस ८ गतेसम्म देशभरका ह्याचरीबाट चल्ला उत्पादन बन्द गरेको संयघले करिब ४५ करोड मूल्य बराबरका अण्डासमेत नष्ट गरिदिएको थियो।कुखुराको उत्पादन मागभन्दा बढी भएको भन्दै बजार व्यवस्थित गर्न चल्ला नष्ट गर्नुका साथै उत्पादनमा रोक लगाएको संघको दाबी थियो।अहिले बजारमा त्यसैको असर देखिएको छ। बजारमा माग र आपूर्तिबीचको सन्तुलन नमिल्दा बजारमा कुखुराको मासुको मूल्य आकासिएको छ।

    images
    images
    • बुधवार, फाल्गुण ७ २०७६०२:०४:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij