देवदह।देवदहमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।भवानी स्काउट दल र रोभर/रेन्जर क्रीउको आयोजनमा देवदह ४ स्थित भवानीपुर माविमा उक्त प्रतोयोगिता सम्पन्न भएको हो।
१५ जना विद्यार्थीले सहभागिता जनाएको चित्रकला प्रतियोगितामा कक्षा ८ का सुरज कुमाल प्रथम,कक्षा ८ कै निशान्त अधिकारी द्वितीय र कक्षा ७ का प्रतीक अधिकारी तृतीय भएका छन् ।
कार्यक्रम प्रमुख अतिथि स्काउट देवदहका संयोजक विकास गहतराज,विशिस्ट अतिथि चिरञ्जीवी तिवारी,पिम्मला पाण्डे,यसोजा बश्याल,खिमा अधिकारी,रोमा राना,मन देवि घिमीरे,कुन्ती कुमारी भुषाल लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्याल र संचालन स्काउट शिक्षक हरिकला बश्यालले गर्नुभएको थियो
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij