मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

भारतद्वारा बंगलादेश ५ रनले पराजित

भारतद्वारा बंगलादेश ५ रनले पराजित

images
  • 168
    SHARES

  • images
    images
    images
    भारतद्वारा बंगलादेश ५ रनले पराजित
    images
    images
    images

    लुम्बिनी पाना । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले बंगलादेशमाथि जित निकालेको छ ।

    अष्ट्रेलियाको एडिलेटमा वर्षाले प्रभावित खेलमा भारतले बुधबार बंगलादेशलाई डीएल पद्दतिको आधारमा ५ रनले हराएको हो ।भारतले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।

    images
    images
    images

    बंगलादेशले जवाफी ब्याटिङ गरिरहदा वर्षाले प्रभावित गरेपछि खेल १६ ओभरमा झारिएको हो । र, बंगलादेशले नयाँ लक्ष्य पाएको थियो ।बंगलादेशका लिटोन दासले ६० रनको अर्धशतकीय इनिङ खेले । नाजमुल होसेनले २१ रन जोड्दा कप्तान शकिब अल हसनले १३ रन बनाए ।नुरुल हसन २५ तथा तास्किन अहमेद १२ रनमा अविजित रहे ।

    भारतका अर्शदिप सिंह र हार्दिक पाण्डयले २/२ विकेट लिए । मोहमद शामीले १ विकेट लिए ।

    यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।भारतका लागि विराट कोहलीले अविजित रहदै ६४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै केएल राहुलले ५० रनको अर्धशतकीय इनिङ खेले सूर्यकुमार यादवले ३० रन बनाए ।

    बंगलादेशका हसन ममुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए ।

    भारतको यो तेस्रो जित हो ।जितसँगै भारतले ४ खेलमा ६ अंक जोडेको छ ।भारत समूह २ को शीर्ष स्थानमा उक्लिएको छ बंगलादेश ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

     

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, कार्तिक १६ २०७९०७:१७:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij