सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

कोरोना भाइरसको संक्रमणबाट जोगिन यी उपायहरु अपनाउ ,सचेतनाको लागि सक्दो शेयर गरौ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन यी उपायहरु अपनाउ ,सचेतनाको लागि सक्दो शेयर गरौ ।

images
  • 7.9K
    SHARES

  • images
    images
    images
    कोरोना भाइरसको संक्रमणबाट जोगिन यी उपायहरु अपनाउ ,सचेतनाको लागि सक्दो शेयर गरौ ।
    images
    images
    images

    १. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा (Glove) तथा फेस मास्क (Face mask) अनिवार्य लगाऔ ।
    २. एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुन: दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा/परिवर्तन गरौ ।
    ३. घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौ तथा दैनिक रुपमा सफा राखौं ।
    ४. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोलीसकेपछि/बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले हात धोऔ वा Hand Sanitizer को प्रयोग गरौ ।
    ५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा Hand Sanitizer को प्रयोग गरौ ।
    ६. घरका सबै सदस्यले आ-आफ्नै टुथब्रस, थाली/प्लेट, चम्चा प्रयोग गरौ । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौ ।
    ७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौ । नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौ ।
    ८. रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔ ।
    ९. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौ । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौ ।
    १०. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुन: प्रयोग गरौ ।
    ११. खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुनपानिले राम्रोसंग हात धोऔ ।
    १२. यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घर भन्दा बाहिर यात्रामा नस्किऔ । घरमा छुट्टै Isolation Room मा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔ । ‍मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।
    १३. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ । शरिर सफा राखौ र सफा कपडा मात्र प्रयोग गरौं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखला लागेमा, श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौ ।
    #आफुपनि_स्वस्थ_रहौ_अरुलाइ_पनि_राखौ‌ ।

    images
    images
    • शनिवार, फाल्गुण १७ २०७६०१:५१:२२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij