सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लगातारको हार पछि एसिया कप छनोट खेल्ने नेपालको सपना समाप्त!

लगातारको हार पछि एसिया कप छनोट खेल्ने नेपालको सपना समाप्त!

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    लगातारको हार पछि एसिया कप छनोट खेल्ने नेपालको सपना समाप्त!
    images
    images
    images

    फागुन १८ काठमाडौंः थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप अन्तर्गत हङकङ विरुद्धको खेलमा पनि नेपाल पराजित भएको छ । प्रतियोगिताको दोस्रो खेलमा नेपाल आज हङकङसँग ४३ रनले पराजित भएको हो । हङकङले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले १८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो ।

    nep_team_2_1mRv6sczlQ.jpg

    images
    images
    images

    नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४६, कुसल मल्लले १९, आरिफ शेखले १०, करण केसीले ७, अविनाश बोहराले १२, उपकप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारीले ५–५, पारस खड्काले ४, पवन सरार्फलेई १ रन बनाए । बलिङमा हङकङ टिमका हारुन मोहम्मद अरशदले सर्बाधिक ५ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको मौका पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । उसका लागि निजाकत खान मोहम्मदले ४८, मोहम्मद ऐजाज खानले २९, हारुन मोहम्मद अरशदले २७, शाहिद वसिफले २६ र जेम्स जोन एटकिन्सन १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङमा नेपाली टीमका सन्दीप लामिछाने, सुशन भारीले २–२ र कुसल मल्लले एक विकेट लिए । आजको हारसँगै नेपालको एसिया कप छनोटमा पुग्ने लक्ष्य करि समाप्त भएको छ । लगातारको दोस्रो हारका कारण शीर्ष दुईमा पुग्ने नेपालको सम्भावना झिनो र गणितीय मात्रै बाँकी छ ।

    images
    images
    • आइतवार, फाल्गुण १८ २०७६०६:४६:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij