सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेपाललाई यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि

नेपाललाई यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि

images
  • 182
    SHARES

  • images
    images
    images
    नेपाललाई यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि
    images
    images
    images

    लुम्बिनी पाना । नेपालले बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ।ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।

    रोमान्चक खेलमा नेपालकी गोलकिपर तथा कप्तानी गरेका सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाएपछि नेपाल च्याम्पियन बनेको हो ।खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो ।  खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

    images
    images
    images

    तर, खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याईन् ।त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो ।बंगलादेशकी बीबी रिताको पेनाल्टी गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरिन् ।

     

    May be an image of 1 person and standing

     

    त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिदा नेपाल च्याम्पियन बनेको हो ।यस बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो  । र, शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचाल्न सफल  भयो ।  बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो ।भुटान अंक विहीन रहदै घर फर्कियो ।

    प्रतियोगितामा नेपाल, भुटान र बंगलादेशको सहभागिता रहेको थियो ।प्रतियोगिता अन्तर्गत यस अघिको भेटमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो ।

    यस्तै नेपालले पहिलो भेटमा भुटानलाई ७-० ले हराएको थियो भने दोस्रो भेटमा नेपालले १-० को जित निकालेको थियो।बंगलादेशले पहिलो भेटमा भुटानमाथि ८-०  र दोस्रो भेटमा ९-० को जित निकालेको छ ।  

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, कार्तिक २५ २०७९०९:३२:२३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij