सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

कोरोना भाइरसको आशंका गरिएका चार जना डिस्चार्ज ,फेरि दुइ जना हस्पिटल भर्ना

कोरोना भाइरसको आशंका गरिएका चार जना डिस्चार्ज ,फेरि दुइ जना हस्पिटल भर्ना

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    कोरोना भाइरसको आशंका गरिएका चार जना डिस्चार्ज ,फेरि दुइ जना हस्पिटल भर्ना
    images
    images
    images

    फागुन २० ,काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड१९) को आशंकामा मंगलबार फेरि दुई जनालाई भर्ना गरिएको छ ।कोरोना संक्रमणको आशंकमा दुई जनालाई आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए ।

    बास्तोलाका अनुसार आइसोलेसनमा राखिएका दुई जना बिरामी मध्ये एक जना दक्षिण कोरिया र अर्का मध्यपूर्वबाट आएका हुन् ।कोरोना संक्रमणको आशंकमा गत आइतबार भर्ना भएका ४ जना रिपोर्ट भने नेगेटिभ आएपछि चारै जनालाई मंगलबार अस्पतालले डिस्चार्ज दिएको छ । डिस्चार्ज हुने चारै जना नेपाली नागरिक हुन् ।

    डिस्चार्ज भएका एक जना चीनबाट र अर्का तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति थिए । दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६५ भन्दा बढी देशमा फैलिइसकेको छ । दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

    images
    images
    • मंगलवार, फाल्गुण २० २०७६०२:००:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij