काठमाडौँ।विश्वकप फुटबल २०२२ को पहिलो खेलमै अर्जेन्टिना साउदीसँग २–१ ले पराजित भएको छ। खेलको १०औँ मिनेटमै कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत दिलाएको अग्रतालाई अर्जेन्टिनाले जोगाउन सकेन।
यस्तै, खेलको ५३औँ मिनेटमा सलेम अलडवसरीले अर्को गोल गर्दै साउदीलाई २–१ को अग्रतामा पुर्याए। विश्वकपको ट्रफी उचाल्ने लक्ष्य लिएको अर्जेन्टिना आफूभन्दा कमजोर मानिएको टिमसँग पहिलो खेलमै पराजित भएपछि अर्जेन्टिना र मेसीका समर्थक निराश बनेका छन्।
बेलायतको डेलीमेलमा प्रकाशित समाचारअनुसार, अस्ट्रेलियाका ती समर्थकले अर्जेन्टिनाको पक्षमा एक लाख ६० हजार डलर बाजी लगाएका थिए। यदी उनले बाजी जितेका भए एक लाख ८० हजार आठ सय डलर फिर्ता पाउने थिए। तर, त्यसो हुन पाएन, किनभने अर्जेन्टिना दोस्रो हाफमा दुई गोलले पछाडि पर्यो र हार ब्यहोर्न पुग्यो।
अस्ट्रेलियमा खेलका पक्ष–विपक्षमा बाजी लगाउन पाउने कानूनी व्यवस्था छ। त्यहाँ यस सम्बन्धी कारोबार गर्ने कम्पनीहरू सरकारको कानूनी दायराभित्र रहेर कारोबार गर्न पाउँछन्।
दक्षिण अमेरिकी फूटबलको उपाधि जितेको अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेसीको यो अन्तिम विश्वकप हुनेछ। आफ्नो अन्तिम विश्वकप प्रतियोगितामा सहभागी भइरहेका विश्व चर्चित एर्जेन्टिनाका खेलाडी उपाधि जित्न व्याकुल छन्। तर, आजको खेल परिणामले उनलाई निरास बनाएको छ।
दुई पटक विश्वकपको उपाधि जितेको अर्जेन्टिनाले नक आउट चरणमा पुग्न आफ्नो समूहमा रहेको मेक्सिको, पोल्यान्ड र साउदी अरबसँग भिड्नुपर्ने थियो। आज साउदीसँगको प्रतिस्पर्धालाई सबैभन्दा सजिलो मानिएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij