मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मेस्सी चम्किदा अर्जेन्टिनाको सहज जित

मेस्सी चम्किदा अर्जेन्टिनाको सहज जित

images
  • 194
    SHARES

  • images
    images
    images
    मेस्सी चम्किदा अर्जेन्टिनाको सहज जित
    images
    images
    images

    काठमाडौं । फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ । शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो । 

    समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो । लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित बनेको हो ।

    images
    images
    images

    खेलको ६४ औं मिनेटमा एन्जल डि मारियाको पासलाई सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनालाई अघि बढाएका थिए । खेल सकिन तीन मिनेट अघि मेस्सीको पासमा फर्नान्डेजले गोल गर्दै दक्षिण अमेरिकी टिमको जित सुनिश्चित गरे ।

    जितसँगै अर्जेन्टिनाले विश्वकपको अघिल्लो चरणको यात्रालाई जिवितै राखेको छ । समूह सीमा अर्जेन्टिना तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

    तेस्रो स्थानमा रहेको साउदीको समेत समान तीन अंक छ । पोल्याण्ड ४ अंक सहित समूहको शीर्ष स्थानमा छ । एक अंक सहित मेक्सिको पुछारमा छ ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, मंसिर ११ २०७९०६:४७:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij