सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नकआउट चरणको समीकरण पूरा:यी हुन् अन्तिम १६ मा पुगेका देशहरु

नकआउट चरणको समीकरण पूरा:यी हुन् अन्तिम १६ मा पुगेका देशहरु

images
  • 225
    SHARES

  • images
    images
    images
    नकआउट चरणको समीकरण पूरा:यी हुन् अन्तिम १६ मा पुगेका देशहरु
    images
    images
    images

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ ।

    शुक्रबार राति भएको समूह चरणका अन्तिम ४ खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो ।फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।

    images
    images
    images

    कतार विश्वकपमा समूह 'ए' बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

    समूह 'बी' बाट इंग्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह 'सी' बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता, समूह 'डी' बाट फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

    समूह 'ई' बाट जापान विजेता र स्पेन उपविजेता, समूह 'एफ' बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह 'जी' बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह 'एच' बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।   

    अब नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अष्ट्रेलिया, फ्रान्स र पोल्याण्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्ने छन् ।

    यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच राउण्ड अफ १६ मा प्रतिस्पर्धा हुनेछ ।

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, मंसिर १७ २०७९०८:००:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij